टाेखालाइभ डट कम / मंसिर ६,२०७८
काठमाडौं /नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले टोखा नगरपालिकामा वडा अधिवेशन सम्पन्न गरेको छ । माओवादी केन्द्रले शनिबार टाेखा नगरपालिकाका ११ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा माओवादी क्षेत्र नं ५ का इन्चार्ज कल्पना शर्माले जानकारी दिइन् ।
सो अधिवेशनबाट टोखा नगरपालिका वडा १ मा श्याम कृष्ण डंगोल , २ मा राजेन्द्र श्रेष्ठ, ३ मा हरिकृष्ण श्रेष्ठ, ४ मा रमेश श्रेष्ठ, ५ मा लेख बहादुर दियाली, ६ मा अमर सिंह, ७ मा बुद्ध लामा, ८ मा रतन परियार, ९ मा गणेश अधिकारी, १० मा सम्पुर्ण अधिकारी र ११ मा टेक बहादुर मानन्धर लगायतको नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

