• TOKHA LIVE

      TOKHA LIVE

    • ५ मंसिर २०७८, आईतवार १०:१३

    हाम्रो टाेखा

    – सलिना कँडेल ( पारामाउण्ट एकेडेमी )

    हाम्रो टाेखा राम्रो योजनामा ध्यान
    उन्नतिका लहरा छन् चारै तिर जान

    विकासको बीउ रोपि फल मिठो लिन
    प्रतिनिधि तयार छन् दिगो विकास दिन

    शान्त बनोस् सुरक्षित टाेखा घर घर
    विकासको लहर संगै समृद्धिको वर

    शिक्षा स्वास्थ्य संचारको बनोस् नगर यो
    सुन्दर शान्त विशाल होस् हाम्रो शहर यो

    बुढानिलकण्ठ पुर्व पश्चिम तार्केश्वर
    उत्तर सुन्दर शिवपुरी, दक्षिण चक्रपथ

    चण्डेश्वरी सपनतिर्थ , इतिहास बौडेश्वर
    संस्कृतिको नगर हो , टाेखा प्यारो घर

    बाटो घाटाे खाल्डाखुल्डी सम्मिएको टाेखा
    गुणस्तरीय जिवनका खोलेका छन् ढाेका

    कानुनको सम्मान छ , न्याय समानता
    बराबरी सबै भोग्छन् , हक नागरिक

    बालमैत्री टाेखा मेरो सबैतिर हाई हाई
    प्रकृतिले दिएको छ वरदान ज्यादै

    चोरी , हत्या, बलात्कार केही पनि छैन

    सम्पन्न छ नगर यो सुख,शान्ति चैन

    उच्च हिमाल सगरमाथा छन् अहिले पनि चढ्दै
    यो देशको नाम राख्ने नमुना छन् बन्दै

    टाेखा हाम्रो नगर हो, यहि हाम्रो गाउँ
    संस्कृतिले भरिएको यो हो सुन्दर ठाउँ।

    जालुपा पुस्तकालयद्वारा आयोजित अन्तर मावी कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त कविता

    – सांकेतिक चित्र सौजन्य / रुबिन बाडे

    प्रकाशित मिति २०७८ मंसिर ५ गते आइतबार

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै