• TOKHA LIVE

    • ४ मंसिर २०७८, शनिबार १८:३२

    ‘ टोखा सांगीतिक उत्सव चतुमार्स दाफा भजन सम्पदा बुलेटिन ‘ बिमोचन सम्पन्न

    टाेखालाइभ डट कम/ मंसिर ४,२०७८

    काठमाडौं /टोखा सांगीतिक  उत्सव चतुमार्स दाफा भजन सम्पदा बुलेटिन बिमोचन सम्पन्न भएको छ। बुलेटिनको शुक्रबार एक समारोहका बिच बुढानिलकण्ठ नगरपालिका वडा ३ स्थित बुढानिलकण्ठ मन्दिर परिसरमा बुढानिलकण्ठ नगरपालिका वडा ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

    बुढानिलकण्ठ नगरपालिका वडा ३ को आयोजना तथा
    संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो । बुलेटिन बिमोचन कार्यक्रममा दाफा खल: भजन मण्डलहरुलाई स्वागत एवं सम्मान गरिएको थियो ।

    ‘ टोखा साङ्गितिक उत्सव चतुमार्स दाफा भजन सम्पदा बुलेटिन ‘ नामक किताब बिमोचनको स्वागत कार्यक्रममा टाेखाका सांस्कृतिक खल: पुच हरुमा सपनातिर्थ दाफा खल:,
    पिगण ध: दाफा खल:,श्री चण्डेस्वरी इकुलाग दाफा खल:,ईन्द्रयाणी दाफा खल:,जोर भिमसेन दाफा खल:र
    श्री चण्डेस्वरी भजन खल:का अग्रजहरुको सहभागिता रहेको थियोे ।

    कार्यक्रम व्यवस्थापक संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले बुलेटिनको प्रकाशनका वारेमा प्रष्ट पार्दै चतुमार्स भजन समग्र टाेखाको चार महिना लामो महत्त्वपूर्ण सांगितिक महोत्सवमय बनिरहेको सांस्कृतिक पर्वलाई केही हदसम्म टाेखाका सांगितिक दापाखल:का अग्रजहरुलाई चिनाउनको साथै निरन्तर सक्रिय भएर भजनमा लागि रहनु भएकाहरुलाई उजागर गर्ने उद्देश्यले चतुमार्स दाफा भजन सम्पदा बुलेटिन प्रकाशन गरेको बताउनुभयो ।

    कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा ३ का वडाध्यक्ष एवं नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ ,ब्यवस्थापक मणिराज ड्ङ्गोल, बुढानिलकण्ठ पुर्ब क्षेत्र बिकास सदस्य सचिब मनोजकुमार श्रेष्ठ, पुर्ब ब्यवस्थापन समिति अध्यक्ष लक्षमण भन्डारी,नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल ,नेकपा एस सदस्य जीवन थापा, वडा सदस्य तथा नेकपा एस बुनपा १ अध्यक्ष श्याम तामाङ, बुनपा वडा ३ सदस्य धनमाया ड्ङ्गोल, खगोलिय अनवेशनकर्ता रबिन्द्र ढुङ्गेल, धुर्ब श्रेष्ठ (अखण्ड भजन सर्कितन मण्डल) पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै