नविना श्रेष्ठ
टाेखालाइभ डट कम/कार्तिक २८,२०७८
टोखा नगरपालिका वडा नं ३ मा शनिबार काठमाडौंका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा नेपाल संवत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रम टोखा क्वनेलाछिमा सम्पन्न भएको छ।
निवारण नीति अभियानका अध्यक्ष श्री कृष्ण मानन्धरको सभापतिमा कार्यक्रम गरेको थियो। नेवाः ग्वाहाली पुचका अध्यक्ष कृतंन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा टाेखा युवा क्लबका अध्यक्ष रामराज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।
आदिवासी नेवाः अधिकारको आवाज ओझेलमा परेको भन्दै टोखामा क्रियाशील संस्थाहरुको टोखा युवा क्लब, टोखा परम्परागत चाकु संरक्षण समाज,हलि नेवाः गुथि , टोखा मु:ध्वाखा टोल विकास समिति र नेवाः ग्वाहाली पुच टोखाको संयुक्त रुपमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थिति रहनु भएको थियो।

उहाँले नेपाल सम्वतको महत्व र संघीयताको बारेमा महत्वपूर्ण भनाई राख्नुभएको थियो। माननीय मन्त्री श्रेष्ठले शुभकामना व्यक्त गर्दै उहाँले नेपाल संवतका प्रवद्धक तथा राष्ट्रिय विभूति शंखधर साख्वाले जुन समयमा सुरुवात गरेको नेपाल सम्बत नेपालको राष्ट्रिय संवत् अव व्यवहारिकता दिनका लागि कार्यान्वयन समितिको गठन भइरहेको छ, यसलाई दैनिक कामकाजमा प्रयोग गर्न सजिलो होस् भनेर स्कुलमा अध्ययन पनि भइरहेको जानकारी दिनुभयो।

कार्यक्रमका विशेष अतिथि टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले स्थानीय भाषामा पाठ्यक्रम तयार भइरहेको तथा स्कुल स्कुलमा शिक्षक-शिक्षिका हरुलाई भाषा तालिमको लागि नगरपालिकाले बजेटको व्यवस्था पनि गरिसकेको बताए।
कार्यक्रमका अतिथि जनजाति तथा आदिवासी आन्दोलन अभियान्ता तथा पत्रकार श्रीकृष्ण महर्जनले टोखा नगरपालिका हुन त नेपालको पहिलो सांस्कृतिक संरक्षण क्षेत्र भनेर घोषणा गर्ने पहिलो नगरपालिका भएको भन्दै संस्कृति संरक्षण क्षेत्र समितिमा राजनीति नियुक्ति भन्दा सांस्कृतिक खल दाफा खल: धनं खल: गरी टोखामा रहेका गुठीको प्रतिनिधित्व हुने गरी सबैलाई समावेश गरेर अगाडि बढ्नुपर्ने बताए।

नेवा गुठि टोखाका महासचिव हीराकाजी डंगोलले शुभकामना व्यक्त गर्दै अब स्थानीय सरकारको कार्यकाल बाट आफ्नो लेटर प्याडमा नेपाल सम्वतको प्रयोग सुरु गर्न आह्वान समेत गरेका थिए।

कार्यक्रमका सभापति श्री कृष्ण मानन्धरले विकासको नाममा नेवाः आदिवासीहरूको भूमि अतिक्रमण गरी विस्तापित गरिएको र संस्कृतिलाई राजनीतिसँग जोड्दै आदिवासीहरूको हितकालागि सबै एकजुट भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा टोखा वडा नं ३का वडा अध्यक्ष सिंह राज श्रेष्ठ, टोखा वडा नं २का सदस्य हेराकाजी महर्जन डंगोल, टोखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मणिराज डंगोल, टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ लगायतको उपस्थित रहेको थियो।



