• TOKHA LIVE

    • २४ कार्तिक २०७८, बुधबार १९:१०

    टोखामा वीर गणेशमान सिंहको १०७ औं जन्मोत्सव मनाइयो

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/कार्तिक २४,२०७८

    टोखा नगरपालिका वडा नम्बर २ र ३ को संयुक्त आयोजनामा आज टाेखा गणेश पोखरीमा सर्वोच्च कमाण्डर वीर गणेशमान सिंहको आज १०७ औं जन्मोत्सव मनाएको छ।

    टोखा वडा नं ३ वडा कार्यालय भवन अगाडि जम्मा भई वडा २ गणेश पोखरीमा रहेको लौह पुरुष वीर गणेशमान सिंहको शालिकमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले फूल माल्यार्पण गर्नुभएको थियो।

    नेपाली कांग्रेसको लौह पुरुष जनआन्दोलनका सर्वोच्च कमाण्डर वीर गणेशमान सिंहको १०७ औं जन्मजयन्तीको कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका नेतृत्व कर्ताहरु सबैले फुलको गुच्छा चढाइ हार्दिक श्रद्धासुमन अर्पण गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि महामन्त्री डा. शशांक कोइरालाले बीपी कोइरालाको विचार, वीर गणेशमान सिंहको बलिदान, कृष्णप्रसाद भट्टराईको आदर्श जिबनबाट सिंचित नेपाली कांग्रेसका अहिलेका नेताहरूले आफ्नो जीवनमा त्यति लागू नभएको बताए। टोखाको समग्र नेपाली कांग्रेसको राजनीति विकासको लागि सबै एक जुट हुनुपर्ने र एकआपसमा विश्वास मित्रता हुनुपर्ने बताउनुभयो।

    १०७औं वीर गणेशमान सिंहको जन्मोत्सव कार्यक्रम टोखा वडा २ का इकाई सभापति हेराकाजी महर्जन डंगोलले संचालन गरेका थिए। कार्यक्रममा टोखा नगरपालिकाका नेपाली काँग्रेसका अग्रज नेतृत्व शुभचिन्तक नेता-कार्यकर्ता बुद्धिजीवी पार्टीका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै