• TOKHA LIVE

      TOKHA LIVE

    • २२ कार्तिक २०७८, सोमबार २१:३१

    टाेखामा गणेशमान सिंहको १०७ औं जन्म जयन्ती मनाइँदै

    टाेखालाइभ डट कम/कात्तिक २२, काठमाडौं

    नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १०७ औँ जन्म जयन्ती कार्यक्रम २०७८ मनाइँदैछ ।कार्तिक २४ बुधबार हुने वीर गणेशमान सिंहको १०७ औँ जन्म जयन्तीको  नेपाली कांग्रेस टाेखा २ र ३ वडा कार्य समितिले सयुक्तरूपमा आयोजना गर्ने भएको छ।

    टाेखा नगरपालिका वडा २ स्थित टाेखा गणेश पोखरीमा रहेको सिंहको शालिक प्राङ्गणमा हुने वीर गणेशमान सिंहको १०७ औँ जन्म जयन्ती कार्यक्रम बिहान ७:३० बजे देखि सुरु हुने कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने नेपाली काङ्ग्रेस टाेखा २ का सभापति हेराकाजी महर्जन डंगोलले टाेखा लाइभलाई बताउनुभयो ।

    राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ । सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै