• TOKHA LIVE

    • २० कार्तिक २०७८, शनिबार १३:०५

    प्रभावशाली एमाले नेता मनिराज डंगोल नेकपा एकीकृत समाजवादीमा प्रवेश

    टाेखालाइभ डट कम/ कार्तिक २०,२०७८

    काठमाडौ नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौ जिल्ला कमिटी सदस्य तथा काठमाडौ क्षेत्र न ५ टोखा नगरपालिकाका लोकप्रिय प्रभावशाली एमाले नेता तथा सम्पदा सरक्षण एवं पर्यटन प्रबर्द्धन गर्न सधै क्रियाशिल नेता
    मनिराज डंगोल नेकपा एकीकृत समाजवादीमा प्रवेस गरेका छन्।

    “भुगोल अनुसार नेतृत्व, एक घर एक पहिचान र रोजगार” भनि अभियान चलाउदै फरक धारको राजनीति गर्दै आएका एमाले नेता टाेखाको पञ्चद्वार निर्माणका परिकल्पनाकार समेत हुन् । एमाले नेता डंगोल टोखाका सामाजिक सांस्कृतिक अभियन्ता तथा इमानदार नेता मनिराज डंगोल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)मा प्रवेस गरेका हुन् ।

    डंगाेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले टीका माला लगाई स्वागत गर्नु भएको थियो । नेकपा एकीकृत समाजवादी पाटिले उचित स्थानको पद र सगठनको कामको जिम्मेवारी दिने बताएका छन।

    नेता मनिराज डंगोलले डङ्गोलले पाटि प्रवेस गर्दै आफ्नो फेसबुक पेजमा यस्तो स्टाटस लेखेका थिए।

    प्रिय साथीहरु
    राजनीतिक जीवनको सुरुदेखि नै म हाम्राे माैलिक संस्कृति र सम्पदा संरक्षण गर्ने कार्यलाई अभियानकै रूपमा लिएर जीवनशैली नै बनाएर सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा समर्पित रहेकाे यहाँहरूमा विदितै छ। यस क्रममा म आफू कृयाशील नेकपा (एमाले) भित्र र बाहिरबाट पनि संस्कृति र सम्पदा संरक्षण कार्यका लागि राष्ट्रिय रूपमै ठाेस कार्य हाेस् भनेर विभिन्न अवसरमा प्रस्ताव तथा कार्यहरू गर्दै आएकाे यहाँहरूबाट छिपेकाे छैन। यस्तै काम गर्दै जाँदा नेकपा (एमाले) काे विधान महाधिवेशनमा समेत देशका सबै ७ सय ५३ वटै पालिका तथा स्थानीय तहरूमा “समृद्ध नेपाल र सुखी नेपाली” काे स्राेत तथा सम्पदा संरक्षण पहिचान अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेकाेमा बेवास्ता गरिएकाेले दुःखपूर्वक मैले त्यस पार्टी त्याग्नुपर्ने निर्णय लिनुपर्याे। साेही मुद्दामाथि छलफल गर्दै जाने क्रममा अहिले नेकपा (एकीकृत समाजवादी) ले त्यसलाई स्वीकार गरेर केन्द्रीय विभाग नै बनाएर जाने सहमति अनुरुप त्यसकै समर्थनमा म आफू आज न्हूदँकाे शुभारम्भका दिन एकिकृत समाजवादी बाटाेमा लाग्नुपर्ने निर्णयमा पुगेकाे सबैमा जानकारी गराउन चाहन्छु। विगतमा मेरा सबैखाले संस्कृति र सम्पदा संरक्षण अभियानमा सहयाेग पुर्याउनु हुने सम्पूर्ण मित्रहरूमा हार्दिक धन्यवाद दिँदै भावी दिनमा पनि सहयाेग प्राप्त भैरहने अपेक्षा राखेकाे छु।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै