• TOKHA LIVE

    • १८ कार्तिक २०७८, बिहीबार २१:०५

    न्हुदं हना खल: टाेखाद्वारा शुक्रबार नेपाल संवत् ११४२ मनाउने तयारी

    टाेखा लाइभ कार्तिक १८, २०७८

    न्हुदं हना खल: टाेखाले नेपालको राष्ट्रिय संवत् नेपाल संवत् ११४२ नववर्ष मनाउने तयारी गरिएको छ । सो क्रममा विभिन्न कार्यक्रम गर्ने तयारी भएको छ ।

    नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा न्हुदं हना खल: टाेखाद्वारा नेपाल संवत् न्हूदँया भिन्तुना शुभकामना र्यालि नयाँ वर्षको अवसरमा भिन्तुना कार्यक्रम आयोजना गरि ऐतिहासिक टाेखा नगर परिक्रमा गरि सोहि दिन टाेखा नगरपालिका वडा ३ स्थित क्वने लाछिमा गरिने विभिन्न सांस्कृतिक कार्यक्रमको सबै तयारी पूरा भइसकेको जनाएको छ । न्हुदं हना खल: ११४२ का अध्यक्ष कासिलाल डंगोलले नयाँ वर्षका दिन शुक्रबार टाेखाबाट भिन्तुना ¥याली निकाल्ने डंगोलले र साझ सास्कृतिक कार्यक्रम रहेको बताउनुभयो ।

    शुक्रबार बिहान ७ बजे सुरु हुने भिन्तुना र्याली क्वने लाछिबाट सुरु हुँदै पुनः क्वने लाछिमै र्याली समापन हुने आयोजकले बताएको छ। यसबाहेक साँझ हुने सांस्कृतिक कार्यक्रममा विभिन्न खल:पुचहरुलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजकको भनाई छ ।

    गतवर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट भिन्तुना सभा, विचार गोष्ठी र सांस्कृतिक कार्यक्रम गरिएको थियो । यसपटक महामारी केही कम भएको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी नयाँ वर्ष मनाउन लागिएको आयोजकले बताएको छ।

    नेपाल संवत नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःले देशका नाममा स्थापना गरी प्रचलनमा ल्याउनुभएको थियो । तत्कालीन समयमा साख्वाःले नेपाली जनताको ऋण मोचन गरेपछि नेपाल संवतको सुरआत भएको मानिन्छ । जसलाई नेपालको पहिचानको रुपमा स्थापित विश्वकै पहिलो संवतको रूपमा नेपाल संवतलाई मानिदै आएको छ।

    न्हु दं हना खल:टाेखाद्वारा आयोजना गरिने नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा न्हु दं हना खल:टाेखा ले महँगी
    , भ्रस्टाचार , पक्षपात को विरोध गर्छौं साथै देश र को देहाय बमोजिमका समाधानको लागि सरकार समक्ष प्रस्तुत गर्दछौं भनिएको छ।

    न्हु दं हना खल:टाेखाले आयोजना गर्ने नेपाल संवत् ११४२ नयाँ वर्षको शुभकामना र्यालीका नाराहरु!

    १) देशघाती एमसिसि सम्झौता खारेज गर र कालाबजारी , तस्कर र भ्रष्टाचारी हरुलाई कारवाही गर!

    २) घर घरमा स्वच्छ खानेपानीको व्यवस्था गर। शिक्षा र स्वास्थ्य नि: शुल्क गर।प्रत्येक वडामा जेष्ठ नागरिक आदर निकेतन र शिशु स्याहार केन्द्रको व्यवस्था गर!

    ३) पुर्खौली वा स्ववासी घर जग्गा बिक्री गर्दा, सयुक्त दर्ता वाला बिच एकापसमा दर्ताफारी गर्दा, जग्गा धनी र मोहि बिच बाँडफाँड भएको भएको मोहिको जग्गा बिक्री गर्दा, मोहियानी हक छाेडपत्र गर्दा, अदालतको फैसला वा मिलापत्र बमोजिम दाखिला खारेज गर्दा मालपोत कार्यालयमा लिइने लाभ कर खारेज गर!

    ४) भुमि सम्बन्धि ऐन २०२१ को आठाैं संशोधनअनुसार मोहियानी हक नामसारी गरिँदा जग्गा धनिको सहमति नचाहिने भएकोले सोही बमोजिम काम नगरेका मालपोत कार्यालयका कर्मचारीहरुलाई कारबाही गर!

    ५) सार्वजनिक पोखरी ,जग्गा , सम्पदा व्यक्तिको दर्ता खारेज गर र कृषि भुमी , वन,पर्यावरण समेत विनाश हुने गरि जथाभावी डाेजर चलाउने र निजि प्लटिङ्ग गर्ने कार्य अविलम्ब बन्द गर र स्मार्ट सिटीको नाउँमा ठुला सहर निर्माण बन्द गरि नगरपालिकाकै आयोजनामा आवश्यकता अनुसार साना आवास योजना सञ्चालन गर!

    ६) भुकम्प पीडितहरुलाई दिइने अनुदान र सहुलियत ब्याजको ऋणलाई निरन्तरता देऊ !

    ७) खाना पकाउने ग्यास आयातसंगै व्यापार घाटा बढेको हुँदा नेपालीलाई खाना पकाउन सस्तोमा बिजुली व्यवस्था गर!

    ८) ऐतिहासिक प्राचीन बस्ती खोकना र बुंमति मास्ने गरि ल्याएको फास्ट्रयाक खारेज गर!

    ९) ऐतिहासिक टाेखाको प्राकृतिक सम्पदा मास्न पाइदैन !

    १०) नेपाल भाषाको पाठ्क्रम तयार गरि टाेखा नगरपालिकाका सबै विद्यालयहरुमा अनिवार्य लागू गर!

    ११) जय सिं धामिको हत्यारालाई कारबाही गर!

    १२) कालापानी , लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर!

    १३) टाेखा बाइपास सडक व्यवस्थित गर!

    १४) चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको उपचार प्रणाली थप व्यवस्थित गर!

    १५) ऐतिहासिक कमलपोखरी मासेर बनाएको छायादेवि कम्प्लेक्स अविलम्ब भत्काउ !

    १६) नगरपालिकाले नै ढल, उपचार पोखरी र फोहोरमैलाको व्यवस्थापन गर!

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै