• TOKHA LIVE

    • १८ कार्तिक २०७८, बिहीबार ०३:४६

    टोखा वडा २ को नवनिर्मित वडा कार्यालय भवनको नगर प्रमुखबाट शिलान्यास सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/कार्तिक १८,२०७८

     

    टाेखा नगरपालिका वडा २ को नवनिर्मित वडा कार्यालय भवन बन्ने भएको छ। टाेखा वडा २ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार टाेखा नगर प्रमुख प्रकाश अधिकारी र टाेखा वडा २ का अध्यक्ष दीपक राज जोशीले सयुक्तरूपमा नवनिर्मित भवनको शिलान्यास गर्नुभएको थियो ।

    अब निर्माण हुने टाेखा नगरपालिका वडा २ को नवनिर्मित वडा कार्यालय भवन टोखाको ऐतिहासिक तलेजु मन्दिर परिसर अगाडि ( क्वाखल) मा बन्न लागेको हो।

    साधे २ तले वडा २ को नवनिर्मित वडा कार्यालय भवनको २०७९ असार २४मा १ वर्ष भित्रै सम्पन्न गर्ने गरि वडा कार्यालय भवनको निर्माण सम्झौता भाद्र २७ २०७८ मा सम्झौता भएको थियो । ठेकेदार अमर सारथि जेभि कम्पनीले निर्माण गर्न लागेको उक्त वडा कार्यालय भवनको मुल्य अभिवृद्धि कर बाहेक लागत १ कराेड ४२ लाख ७० हजार ६ सय ७४ रुपैयाँ २४ पैसा रहेको छ।

    टाेखा नगरपालिकामा वडा कार्यालयमध्ये अधिकांश वडाको भवन निर्माण सम्पन्न भइसकेको छ भने कुनै वडा कार्यालय भवन निर्माणको क्रममा छन् । स्थानीय सरकार आएको ४ वर्ष देखि हालसम्म पुरानो चण्डेश्वरी प्राथमिक स्वास्थ केन्द्रको साघुरो एक तले भवनमा वडा कार्यालय बनाएर जनताको सेवा गरिरहेको टाेखा वडा न २को वडा कार्यालय भवन निर्माणपछि सेवाग्राहीलाई सहज हुनेछ।

    वडा २ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल,टाेखा वडा २ का अध्यक्ष दीपक राज जोशी, टाेखा वडा ९ का अध्यक्ष जोग प्रसाद नेपाल, टाेखा वडा १० का अध्यक्ष मधुसुधन पाण्डे,टाेखा वडा ११ का अध्यक्ष उत्तम अधिकारी, टोखा नगरपालिकाका प्रशासकीय प्रमुख प्रकाश आचार्य, प्राविधिक उमेश श्रेष्ठ साथमा टाेखा वडा २का सदस्यहरु प्रेम कृष्ण खड्गी,हेराकाजी महर्जन डंगोल, पञ्च कुमारी श्रेष्ठ, ,प्रतिमा हिङ्गमाङ्ग लगायत स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियोे।

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै