टाेखालाइभ डट कम/कात्तिक १३,२०७८
नेकपा एमाले टोखा नगरपालिका वडा १ झोरले नेपाल संवत् ११४२ न्हुदंया भिन्तुना, तिहार एवं छठको विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
आज शनिबार टाेखा नगरपालिका वडा १ झोरमा सम्पन्न सो शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले आबद्ध पार्टीलाई विशेष योगदान पुर्याउनु हुने ९६ जना व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो ।

शुभकामना आदानप्रदानको नवराज काफ्लेले कार्यक्रम संचालन गर्नु भएको थियो भने टोखा नगरपालिका वडा नम्बर १ नेकपा एमालेका पार्टी अध्यक्ष दिलबहादुर तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।
शुभकामना आदानप्रदान कार्यक्रममा वाग्मती प्रदेश सभासद योगेन्द्र संग्रौला, नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य कृष्णप्रसाद अधिकारी, नेकपा एमाले टोखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डङ्गोल, टाेखा नगर उप- प्रमुख ज्ञानमाया डङ्गोल, टाेखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी , लगायतले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा वाग्मती प्रदेश सभासद योगेन्द्र संग्रौला, नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य कृष्णप्रसाद अधिकारी काठमाडौं जिल्ला कमिटी सदस्य पञ्चलाल डंगोल, टाेखा नगरपालिका नगर सचिव बच्चुराज बस्याल,नेकपा एमाले टोखा नगरपालिका अध्यक्ष सत्यनारायण डङ्गोल, टाेखा नगर उप- प्रमुख ज्ञानमाया डङ्गोल, टाेखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी,नेकपा एमाले टाेखा नगर कमिटी वडा १का अध्यक्ष दिलबहादुर तामाङ,नेकपा एमाले टाेखा नगरपालिकाका कार्यालय सचिव राम कुमार अधिकारी ,राष्ट्रिय युवा संघ नेपाल /टाेखा नगर कमिटीका अध्यक्ष अमर डंगोल ,नेकपा एमाले टाेखा नगर वडा १ कमिटीका पदाधिकारीहरु लगायत पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

