टाेखालाइभ/कात्तिक ७,२०७८
नेपाल कम्युनिस्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजो मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत टोखा नगरपालिका वडा नं १ कमिटिको अधिवेसन सम्पन्न भएको छ।नेकपा एमालेको देश भरएक्कै पटक भएको वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
टोखा नगरपालिका वडा नं १ कमिटिको अधिवेसनबाट
अध्यक्षमा दिल बहादुर तामाङलाई चयन गरिएको छ।जसमा उपाध्यक्षमा नवराज सापकोटा ,सचिव हरिशरण दुलाल ,उपसचिव गणेश बिडारी,र सुनिता श्रेष्ठ सहित ३१ जना सदस्य रहेका छन ।

कार्यक्रमको बिशेष अतिथिमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , बागमति प्रदेश कमिटि सदस्य हरि ओम अधिकारी , काठमाडौ जिल्ला कमिटि सदस्य पंचलाल डंगोल , नेता कृष्ण प्रसाद अधिकारी ,वडा अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
करिव २०० जनाको उपस्थीतीमा सम्पन्न भएको सो अधिवेशनमा युवाहरुको आर्कषण रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चा गरेका थिए ।

