• TOKHA LIVE

    • १ कार्तिक २०७८, सोमबार १४:२९

    टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा चाकु स्मारिका विमोचन सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/कार्तिक १,२०७८

    टोखा नगरपालिका वडा नं ३ वडा कार्यालय भवनमा हिजो टोखा परम्परागत चाकु संरक्षण समाज चाकु स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ।

    टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष चाकु व्यवसायका उद्यमी कृष्ण बहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो।

    काठमाडौंको उत्तरतर्फको प्राचीन नगर टोखा गुलियो र मीठो विशुद्ध नेपाली परिकार चाकु बनाउने मूल थलोका रूपमा प्रसिद्ध टोखा आज पनि उत्तिकै प्रसिद्ध छन्। टोखामा प्राचीन काल देखि नै उखुखेती हुन्थ्यो। त्यसकै रसबाट सख्खर बनाएर गुलियो मिठाई चाकुको कच्चा पदार्थ उत्पादन हुने नेपाली परम्परागत संस्कृतिसँग अभिन्न रुपमा जोडिएको चाकु प्रकृतिसित पनि अन्योन्याश्रित रुपमा जोडिएको छ।

    उखु र चाकुको लागि उपत्यकामा टोखाकै नाम अगाडी आउने र अध्ययनबाट बर्मादेखि तिब्बत सम्ममा पनि उखु खेतीका प्राचीन प्रसंगहरु भेटिने जस्ता विविध यथार्थहरुलाई अगाडि राखेर अहिलेसम्म पाएका प्रमाणहरु हेर्दा नेपालेच्छु अथवा नेपाली उखुको इतिहासको थालनी चार सहस्राब्दी पूर्व नै सुरु भएको देखिने शिक्षक तथा साहित्यकार प्रभाव सापकोटाले बताउनुभयो।

    उखुखेतीको उर्वरभूमि जसलाई नेवारी भाषामा तृख्य: भनिन्छ। पुर्खाले प्राचीनकालमा गरेको अर्थ परिश्रम योगदान र बिरासतबाट विकसित चाकु व्यवसायिक तथा बजारीकरणले टोखाको चाकु वा टोखा चाकु नामले सिंगो देशमा नयाँ आयाम सञ्चार गर्न सफल भएको
    कार्यक्रमका विशेष अतिथि उपप्रमुख ज्ञानमाया डंगोलले बताए। टोखाको चाकुको बारेमा यसरी चाकू स्मारिका विमोचन कार्यक्रममा आफू उपस्थित हुन पाएकोमा निकै खुसी रहेको र चाकु व्यवसायहरुलाई शुभकामना व्यक्त गरेका छन्।

    कार्यक्रममा विशिस्ट अतिथी टाेखा नगरपालिका २ का वडाध्यक्ष दिपक राज जोशीले टोखाको गौरवको रुपमा रहेको चाकुको संरक्षण सम्वर्द्धन र प्रवद्धन लागि चाकु व्यवसायीहरु संगठित भई टोखा र चाकुको नामलाई जीवन्त राख्ने कार्यमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै तेस्रो अधिवेशनको अवसरमा यस संस्थानले प्रकाशन गर्न लागेको स्मारिका नेवाः तथा गैर नेवा: समुदायको कला संस्कृति एवं साहित्यको क्षेत्रमा पठनिय हुनेछ भन्ने कामना गर्दै संस्था निरन्तर प्रगतिको लागी  शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रमका विशेष अतिथि वडा ३ का वडा अध्यक्ष सिंह राज श्रेष्ठले टोखाको पहिचान हो चाकु यसको छुट्टै महिमा छ। चाकुको छुटटै एउटा गीत पनि गाउने गरेको बताएका छन्। गीत (टोखा या चाकु मचा बुल हाकु) टोखाको चाकु तर बच्चा पाउदा कालो भन्ने उखान का साथ चाकु स्मारिका विमोचन कार्यक्रम समारोहमा आयोजक तिम र चाकु व्यवसायलाई हार्दिक आभार प्रकट गर्दै  शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका माननीय निलम ताम्राकारले टोखाको चाकु टोखामा मात्र सीमित होइन यो चाकु देशदेखि विदेशसम्म प्रचार प्रसारमा पुग्नुपर्छ भन्ने पहिलादेखि नै उहाँको आसय रहेको बताए। लिच्छवीकालदेखि नै टोखाको इतिहासको बारेमा उहाँले अध्ययन गरेको पनि बताउनुभयो। उपत्यकाभित्रका नेवारहरुलाई माथि ल्याउनुपर्छ भन्ने आफ्नो धारणा रहेको र नेवारहरु सँग धेरै सीप छन्। त्यो सिपलाई बचाइराख्नु पर्छ। नेवार आजसम्म चिन्नु नै सीपको कारणले चिनिएको त्यसैले बोली ठाउँ ठाउँमा पुग्न नसकेपनि नेवारहरूको सीपलाई कसैले जित्न सक्दैन। टोखाको कलासंस्कृतिलाई बचाइराख्न लाई नेवार समुदाय थोरै होस् तर आवाज ठूलो भयो भनेको ठाउँमा पुग्न सकिने बताउनुभयो। नेवारहरु सँग योजना भएको तर आवाज नभएको कारणले टोखाको पहिचान बाहिर आउन नसकेको बताए।

    चाकु स्मारिकाका लागि दिनरात खटिएका तथा चाकु व्यवसाय प्राचीनकालदेखि अहिलेसम्म जीवन्त राख्न सफल भएका व्यक्तित्व प्रधान सम्पादक प्रभात सापकोटालाई दोसल्ला ओढाई विशेष कडर- पत्र दिई सम्मान गरिएको थियो।

    कार्यक्रममा चाकु व्यवसायका शुभचिन्तकहरु देब राज डंगोल, बाबुलाल डंगोल, मनिराज डंगोल,श्याम लाल श्रेष्ठ, वडा सदस्यहरु पत्रकारहरु लगायत टोखा परम्परागत चाकु संरक्षण समाज तथा टोखाको कला-संस्कृति परम्परालाई जोगाई राख्ने शुभचिन्तक बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थित रहेको थियो।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै