टाेखालाइभ डट कम / असोज २५,२०७८
टाेखा नगरपालिका वडा ३ले सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना प्रकाशित गरिएको छ।
टाेखा नगरपालिका वडा ३मा सामाजिक सुरक्षा भत्ता हाल प्राप्त (७० वर्षमाथिका जेष्ठ नागरिक, एकल महिला , अशक्त , अपाङ्ग दलित बालबालिका ) लाभग्राहीहरुले असोज २४ र २५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।
उक्त २ दिन वडा कार्यालयमा नेपाल इन्भेस्टमेन्ट बैंकका कर्मचारीहरु आइ सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएकोले जेष्ठ नागरिकको परिचय पत्र र नागरिकता प्रमाणपत्र
सहित वडा कार्यालयमा उपस्थिति भै सामाजिक सुरक्षा भत्ता लिइ दिनु हुन वडाबासीहरुमा अनुरोध गरेको वडा अध्यक्ष सिंहराज श्रेष्ठले बताउनुभयो ।
टाेखा नगरपालिका वडा ३ मा प्रकाशित सूचना :-


