टाेखालाइभ/असोज २४,२०७८
टोखा नगरपालिका वडा ११ मा नेपाल कम्युनिस्ट पार्टी एमालेले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि मनाएको छ।
हिजो शनिबार एक समारोहका बीच नेकपा एमालेले नेपाली हरुको महान चाड बडादशै बिशेष अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको सभापतित्व टाेखा नगरपालिका वडा ११ का अध्यक्ष सभापतित्व नेकपा एमाले पार्टी कमिटी अध्यक्ष हरिकृष्ण श्रेष्ठले गरेका थिए ।
दशै शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि प्रदेशका नेता योगेन्द्र संग्रौला,विशिस्ट अतिथि नेकपा एमालेका नेता कृष्णप्रसाद अधिकारी, टोखा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल ,जिल्ला कमिटी सचिवालय सदस्य नारायण भाई श्रेष्ठ, नेकपा एमाले टाेखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

