• TOKHA LIVE

      TOKHA LIVE

    • १९ आश्विन २०७८, मंगलवार ०९:५५

    इन्द्रायणी दापा खल:द्वारा बासुरी प्रशिक्षण सम्पन्न ,टाेखानगर प्रमुख अधिकारीबाट गुरुहरु सम्मानित

    सानुराज डंगोल
    टाेखालाइभ डट कम/ असोज १९,२०७८
    टाेखाको गौरव गर्न लायक नेपाल भाषा , कला , संस्कृति र साहित्यलाई जिवन्त बनाउन इन्द्रायणी दापा खल:का सदस्य हरुले आफुले जिम्मेवारी बाेध गरि ऐतिहासिक संस्कृतिले भरिपुर्ण सम्पदा भएको टाेखालाई चिनाउन पुर्खाले सिर्जना गरेको मौलिक विभिन्न चाडपर्वहरु चतुर्मास दापा भजनको साथै तोखा बिस्का: नख:( टाेखा बिस्का:जात्रा) लाई चिनाउनको साथै छिमेकी विभिन्न नगरपालिकामा इन्द्रायणी दाफा खल:ले हरेक वर्ष लाखे नाच समेत देखाउन खल:का प्रत्येक सदस्य प्रत्यक्ष सहभागी जनाएर बाँसुरी बजाउदै कला संस्कृति जोगाउदै योगदान दिन सफल भएका छन् । यहि सांस्कृतिक लहरलाई थप जिम्मेवारी बोध गर्दै अझै निरन्तर काधमा थाप्न नयाँ पुस्ताको आगमन भएको छ। टाेखा सांस्कृतिक परम्परा नयाँ पिढिलाई हस्तान्तरण गर्न सधै लालायित हुने इन्द्रायणी दापा खल:ले पुनः नयाँ पुस्तामा बासुरी प्रशिक्षण गराएर टाेखा नगरपालिकाको संस्कृति बचाउन उदाहरणी कार्य शुभारम्भ गर्न पुगेको छ।

    इन्द्रायणी दापा खल:द्वारा हिजो आयोजना गरिएको नात्येस्वरी पुजामा इन्द्रायणी दापा खल:ले प्रशिक्षण दिएका नयाँ पुस्ताका बासुरी बाद्यक १४ जना प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमका बिच प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले बासुरी हस्तान्तरण गर्दै खाडा ओदाइ सम्मान गर्नुभएको थियोे। कार्यक्रमका विशिस्ट अतिथि टाेखानगर उपप्रमुख ज्ञानमाया डंगोलले प्रशिक्षार्थी भाइबहिनीहरुलाई टीका,खाडा ओदाइ फुल प्रसाद प्रदान गर्नुभएको थियो ।

    टाेखा नगर प्रमुख प्रकाश अधिकारीले बासुरी प्रशिक्षक तथा खल: का अध्यक्ष प्रकाश डंगोल र पुर्व अध्यक्ष सुर्यमान डंगोल सहित ,परम्परागत बाजाका ९ जना गुरुहरुलाई सम्मान गरेका थिए ।

    सम्मानित हुने सबै गुरुहरुलाई टाेखा नगर प्रमुख प्रकाश अधिकारी र विशिस्ट अतिथि टाेखानगर उपप्रमुख ज्ञानमाया डंगोललेशिरमा बेटाली लगाइ दिदै बधाई दिएका थिए ।

    इन्द्रायणी दापा खल:द्वारा बासुरी प्रशिक्षणमा समाजसेवि राजकाजी श्रेष्ठले इन्द्रायणी दापा खल:लाई ४० वटा टिसर्ट सहयोग प्रदान गर्नु भएको थियो । त्यसै गरि टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल र सांस्कृतिक सेवि सुकुनाराण डंगोलले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा नयाँ बासुरी प्रशिक्षणमा सहभागी भाइबहिनीहरुले परम्परागत लोकप्रिय सुमधुर नेवा: लोकधुनहरुमा  ब्याचुली धुन, नाथेस्वरी गित,हार्मोनियम गढ, वा माया वा वा जिमिथाय लाछी वा, लये वम्हं दाजु तं चाया लाजु जस्ता गित बजाउदै मन्त्रमुग्ध पारेका थिए ।

    कार्यक्रममा नेवा: गुथि टाेखाका अध्यक्ष रमेश नापित,नेवा: गुथि टाेखाका महासचिव हिराकाजी डंगोल ,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ,टाेखाका मुल नाइके हेमराज श्रेष्ठ,टाेखाका समाजसेवि राष्ट्रमान श्रेष्ठ लगायत इन्द्रायणी दापा खल:का सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

    सांस्कृतिक परम्परालाई निरन्तरता दिन टाेखामा दाफाखल: र भजन खल: हरु सक्रिय भएर लागिरहेको छ। थने लाछी (माथिल्लो लाछी ) सपनतिर्थ दापा खल:का जोरभिमसेन दाफा खल: ,यलाग चण्डेश्वरी दाफा खल: र क्वने लाछी ( तल्लो लाछी)मा इन्द्रायणी दाफा खल:,सबली दाफा खल:लगायत विभिन्न भजनखल:हरु सांस्कृतिक परम्परालाई निरन्तर जोगाउन लागिपरेका छन् ।यो खल:मा थकाली जलगायं र अर्को खलगायं सहित ३०/४० सदस्यले साउन महिना देखि भजन शुरु चतुर्मास भजन( चार महिना भजन) सुरु हुन्छ। नारायणस्थन मेला बुढानिलकण्ठ मेला दिन सम्म बेलुका खाना खाइ दाफा भजन गाउने व्यवस्था मिलाएको पाटीमा बसि खिं, झ्याली, बाँसुरी, ढाेलक र पश्चिमा बजाउने गर्दथे र विभिन्न देवि देवतासंग सम्बन्धित थ्या सफु:(भजन गित)गाइन्छ ।गाइजात्राको पुर्णिामा देखि आफ्नो खल:ले लाखे नचाउन लाने परम्परा हाल सम्म कायमै रहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै