नविना श्रेष्ठ
टाेखालाइभ/असोज, १८,२०७८
नेपाली कांग्रेस टोखा नगर अधिवेशनमा कार्यसमितिका निर्वाचित सभापति पदमा ओम कृष्ण विमली विजयी भएका छन्।
दुई प्यानल विच भएको निर्वाचनमा विमली प्यानलको विजयी भएको हो।
शनिबार भएको निर्वाचनमा बिमलीले उनका प्रत्यासी उम्मेदवारी दिपकराज जोशीलाई पराजित गरेका हुन् ।
सभापतिमा बिमलीले ११७ मत ल्याएर विजयी भए भने दिपकराज जोशीले १०६ मत प्राप्त गरेका थिए।
बिमलीका प्यानलको उपसभापति पदमा ऋषिराम अर्यालले १२७ मत तथा मनराज अधिकारीले १२१ मत ल्याएर विजयी भएका छन्।भने सचिवमा द्वारिका कुइकेलले १०५ मत साथमा नरेन्द्र बानियाँ विजयी भएका छन्।

