टाेखालाइभ डट कम/ असोज १७,२०७८
काठमाडौं ।टोखा नगरपालिका भएको दोस्रो प्याब्सन नगर अधिवेशनबाट अध्यक्षमा टंक कुमार चापागाँई चयन भएका छन ।टंक कुमार चापागाईं टाेखा नगरपालिका वडा ५ स्थित बिएन एकेडेमीका प्रीन्सिपल समेत हुन ।
टोखामा भएको दोस्रो प्याब्सन नगर अधिवेशनबाट अध्यक्षमा टंक कुमार चापागाँइ सहित उपाध्यक्षमा बेखा नारायण डंगोल, सचिबमा अरुण के.सी , कोषाध्यक्षमा महेश पाण्डे र सदस्यहरूमा श्रीमति कल्पना गिरि, बासुदेव दुलाल, दिपेन्द्र थापा र प्रदिप भुषाल चयन भएका हुन ।
त्यस्तै सल्लाहकारहरु कमल न्यौपाने , मनोज आचार्य, सहदेब राज गिरी, प्राज्ञिक सल्लाहकार राम कृष्ण पौड्याल , राजेश श्रेष्ठ र श्रीमति विमला कुवँर रहेका छन ।

