टाेखालाइभ डट कम/ असोज १४,२०७८
” समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान ” समृद्ध मर्म अनुरुप गोसाइँकुण्डधाम,कागेश्वरी धाम र सम्पदा शहर टाेखाको पर्यटन विकासका सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रम सास्कृतिक नगरी टोखा सास्कृतिक संरक्षण दबुको आयोजनामा र कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा पर्यटन सम्भावनाका बारे कागेस्वरी धाममा पुगि टाेखाको सांस्कृतिक भ्रमण सहितको टाेलीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गोसाइँकुण्ड, टोखा र कागेश्वरी धामको पर्यटकिय सम्भावना सम्बन्धि अन्तरक्रिया कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका वडा न १ लोकतान्त्रिक सहिद उद्द्यान गागलमा सम्पन्न भएको थियो ।

गोसाइँकुण्डधाम,कागेश्वरी धाम र सम्पदा शहर टाेखाको पर्यटन विकासका सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा गोसाइँकुण्ड, टोखा सांस्कृतिक सम्पदा सरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले कागेश्वरी धाममा पर्यटन प्रबर्द्धनकाे साथ साथै टाेखाको मौलिक कलासम्पदा सरक्षण विकास र विस्तारमा प्रतिबद्ध भएर संस्कृति सम्पदा संरक्षणमा लागिरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेसका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाल रहेका थिए।अतिथि कागेश्वरी मनोहरा नगरपालिका वडा न १ का वडा अध्यक्ष मुकुन्द गजुरेल , टाेखाका मुल नाइके हेमराज श्रेष्ठ लगायत सम्पदा दबुका सदस्यहरुको उपस्थिति रहेका थियो।

