• TOKHA LIVE

      TOKHA LIVE

    • १३ आश्विन २०७८, बुधबार १३:५३

    नेपाल भाषा क्लब र नेवा: ग्वाहाली पुच टोखाको संयुक्तरूपमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ संवाददाता /असोज १३,२०७८

    टोखा नगरपालिका वडा नं २ स्थित थने लाछिमा
    नेपाल भाषा क्लव तथा नेवा ग्वाहाली पूच‌ले संयुक्त रूपमा आयोजना गरेको नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

    निशुल्क स्वास्थ्य शिविर कार्यक्रमका लागि नेवा: राजनीति अभियानका अध्यक्ष श्री कृष्ण मानन्धरको पहलमा गरिएको थियो। उक्त कार्यक्रमको हार्ट टु हार्ट हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरबाट नि: शुल्क स्वास्थ्य शिविर गरेको हो।

    टोखाको थने लाछिमा भएको निशुल्क स्वास्थ्य शिविर गत शनिबार असोज ९ गते  बिहान ८:०० बजेदेखि २:०० बजेसम्म ६० जना बिरामीलाई जाँच गराएको थियो। परामर्शको लागि डा. भवानी मानन्धरले बिरामीलाई निशुल्क जाच तथा परामर्श गरेका थिए। डा. भवानी मानन्धरले एम. वि.वि.एस,एम.डि मेडिसिन डि.एम काडियोलोजी नेपालमा पहिलो महिला डि.एम कार्डियोलोजी रहेको अध्यक्ष मानन्धरले बताउनुभयो।

    मुटु रोग,व्लड प्रेसर, चिनी रोग थाइराइडको बिरामीको निःशुल्क उपचार गरेको थियो। साथमा निःशुल्क इ.सि.जी गरेका थिए। औषधि दिनुपर्ने बिरामीहरुलाई १० दिनको लागि निःशुल्क औषधि वितरण गरेको थियोे भने ल्याव परिक्षणमा २०% छुट हट्यो हर्ट केयर एण्ड डायग्नोष्टिक सेन्टरले गरेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै