नविना श्रेष्ठ
टाेखालाइभ संवाददाता /असोज १०,२०७८
ग्रान्डी फुटसलको आयोजनामा टोखाको युवाहरुको लागि ग्राण्डी फुट्सल ओपन टुर्नामेन्ट हुने भएको छ।
काठमाडौको टोखा नगरपालिका वडा नं ६ ग्रान्डीमा टोखाका युवाहरू लक्ष्यित ग्राण्डी फुट्सल खुल्ला प्रतियोगिताको लागि आयोजक टिम लागिरहेको बताएको छ।
ग्राण्डी फुट्सल ओपन टुर्नामेन्ट यहि असोज १९ गते मंगलबार
ग्राण्डी फुट्सल मैदानमा हुने जनाएको छ। प्रतियोगितामा सहभागी भई खेल सम्पन्न गर्न खेल खेल्ने इच्छुक सबैलाई चाँडै सम्पर्कमा आउनुहुन ग्राण्डी फुट्सल प्रतियोगिताका संयोजक रवि श्रेष्ठले सबैमा अनुरोध गरेका छन्।
ग्राण्डी फुट्सल ओपन टुर्नामेन्टको असोज १७ गते सम्ममा नाम बुझाउन हुन सहभागिताहरुलाई ग्राण्डी फुट्सल प्रतियोगिताका संयोजक रवि श्रेष्ठले सबैमा आग्रह समेत गरेका छन्।
प्रतियोगितामा सहभागी हुन प्रति टिम प्रवेश शुल्क ४ हजार टाेकिएको उक्त प्रतियोगिताको बिजेताले त्रफी ,मेडल प्रमाणपत्र सहित नगद रु ४० हजार , उपबिजेताले त्रफी ,मेडल प्रमाणपत्र सहित नगद रु २० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपरले २/२ हजार नगद सहित त्रफी ,मेडल प्रमाणपत्र प्रदान गरिने र उत्कृष्ट टिमलाई पनि त्रफी प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक रवि श्रेष्ठले बताउनुभयो । थप जानकारीको लागि फोन नं.९८६०३७२४७४ ९८८६३०४४९९, ९८२८००५०६७ मा सम्पर्क गर्न सकिने छ।

