• TOKHA LIVE

      TOKHA LIVE

    • ७ आश्विन २०७८, बिहीबार १८:३५

    झोरका विधार्थीलाई झोला वितरण

    टोखा लाइभ ।२०७८ असोज ७ गते

    टोखा । वडा न,७ का वडा अध्यक्ष नरोत्तम राना ज्युले वडास्तरिय बजेटबाट झण्डै १० लाख बराबरको करिब 6 सय वटा झोला झोर महाँकाल मा,वि र बौंडेश्वर मा ,वि मा अध्ययनरत विधार्थीहरुलाई ३/३ सय झोला वितरण गरेको छ । विधार्थीहरुलाई किताब, कापी, कलम बोक्नलाई सहज होस भन्ने उद्देश्यले झोला वितरण गरिएको हो । बौडेश्वर मा,वि मा करिब 475 जना विधार्थीलाई नपुगेको झोला नगर प्रमुख प्रकाश अधिकारीले आगामी दिनमा प्रदान गरिने टोखा नगरपालिका वडा नं१ का वडा अध्यक्ष श्री कृष्ण अधिकारीले टोखा लाइभलाई बताउनु भयो ।

    कार्यक्रम सभापति दुवै स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्रमश रमेश अधिकारी र दिल बहादुर तामाङले गर्नु भयो ।प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारी विशिष्ट अतिथि उप प्रमुख ज्ञानमाया डंगोल,विशेष अतिथि वडा न,७ का वडा अध्यक्ष नरोत्तम राना,अतिथि श्री कृष्ण अधिकारी र कार्यक्रममा नगर कार्यपालिका सदश्यहरु तथा दुवै वडाका वडा सदस्यहरूको उपस्थिति थियो।

    सो कार्यक्रममा स्वागत मन्तव्य दुवै स्कुलका प्र अ क्रमश ,उत्तम अधिकारी र हरि कृष्ण धितालले गर्नु भएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै