• TOKHA LIVE

    • २६ भाद्र २०७८, शनिबार २१:२९

    नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र टोखा वडा नं २ को पार्टी पुर्नगठन समारोह सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ संवाददाता /भाद्र २६,२०७८

    नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र टोखा नगरपालिका वडा नं २ पार्टी पुर्नगठन आयोजित एक कार्यक्रम समारोह सम्पन्न भएको छ।

     

    भाद्र २६ गते टोखा नगरपालिका वडा नं २ सपना तिर्थ मन्दिर परिषदमा भएको आजको पुर्नगठन कार्यक्रममा सभाध्यक्ष राजेन्द्र श्रेष्ठसँगै उपाध्यक्ष बाबु राज डंगोल, श्याम लाल डंगोल, सचिव कुमार श्रेष्ठ ,सह -सचिव सुरेन्द्र राज लवत, कोषाध्यक्ष सुष्मा श्रेष्ठ, सदस्य-लक्ष्मी नारायण श्रेष्ठ, दस नारायण लवत, गोविन्द श्रेष्ठ, श्याम कृष्ण डंगोल, आइत राज डंगोल, अजय डंगोल, न्हुछे नारायण डंगोल, श्याम श्रेष्ठ, राजकाजी श्रेष्ठ ,सविता श्रेष्ठ, धर्म डंगोल,सरोज डंगोल, कृष्णा देवी डंगोल, विष्णु कुमार श्रेष्ठ, वसन्त श्रेष्ठ,आशा लाल श्रेष्ठ, लगायत २४ जनाको पुर्नगठन गरिएको छ। अब अझै विद्यार्थी कमिति सल्लाहकार कमिटी महिला कमिटी वाइसियल कमिटी नेवा कमिटी लगायत वडा कमिटी गरेर टोल-टोलमा कमिटी गठन गर्ने प्रतिबद्धता जनाएको छ। २४ जनाको कमिटीमा नामावली घोषित हेराकाजी डंगोलले गरेको थियो।

    भेलामा प्रमुख अतिथि नेकपा कम्युनिस्ट पार्टी माओवादीका काठमाडौ जिल्ला इन्चार्ज कुमार पौडेल रहेका थिए। भेलालाई सम्बोधन गर्दै कुमार पौडेलले संसारका सबै माओवादीहरु दुख गरि लड्न तयार रहेका छौं र १० बर्ष युद्ध गरेर गणतन्त्रको सपना पूरा गरेको र संघीयता, समावेशी समावेश समानुपातिक पुराएको दाबी गरे, आदि पनि पूर्ण समानुपाती नभएको बताए। जनताको चित्त बुझ्दो भयो भने जनताले चुनिने छन् हामीलाई,
    हामीले जनतालाई चुनिने होइन भन्दै अबका दिनमा जनआधार ित सहितको पार्टी बनाउन सकियो भने अबका चुनावमा हामी जित्ने छौं भन्ने प्रतिबद्धता जनाए।

    विशिष्ट अतिथि हिमाल शर्माले भेलामा सम्बोधन गर्दै अब mcc विरुद्ध आवाज उठाउनेमा माओवादी एक साथ रहेको बताए। mcc विषयमा जति विरुद्धका awaaz जनताले उठाएको छ त्यसमा आफुहरु पनि जनताको साथमा रहेको विश्वास दिलाएका छन्। जेठ १५ सम्म जनतालाई कुन आग्रह समेत गरे।

    पुर्नगठन भेलामा बागमती प्रदेश सदस्य कल्पना शर्मा, काठमाडौ जिल्ला सचिवालय सदस्य धर्म डंगोल, टोखा नगर कमिटी अध्यक्ष दिपक बानियाँ, टोखा नगर कमिटी उपाध्यक्ष नविन डंगोल, टोखा नगर कमिटी सचिव हेराकाजी डंगोल ,टोखा नगर कमिटी कोषाध्यक्ष महेश्वरी डङ्गोल,वर्तमान वडा नं २का कमिटी इन्चार्ज समिर श्रेष्ठ ,टोखा नगर कमिटी सचिवालय सदस्य धीराज के.सी प्रमोद  अधिकारी,शेखर श्रेष्ठ लगायत अग्रजहरुको उपस्थित रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै