टोखा लाइभ। २६ भाद्र २०७८,शनिबार।
काठमाण्डौ ।नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा दिपक राज जोशीले दावी गरेका छन । नेपाली कांग्रेसको महाधिवेशन नजिकीदै गर्दा टोखा नगरपालिकाको सभापतिमा दिपक राज जोशी संगै केदारनाथ पाठक ,ओमकृष्ण बिमली र उत्तम अधिकारी सहित चारजनाले दावी गरेका छन ।

दिपक राज जोशी २०४६ सालको जन आन्दोलन जसको नेतृत्व सर्वमान्य नेता गणेश मान सिंहले गरेका थिए। साथमा वामपन्थी नेताहरू पनि थिए। त्यस आन्दोलनमा सहभागी बनेर दिपक राज जोशीले दरबारमार्गमा पहिलो पल्ट टियर ग्यॉसको सामना गरेको थियो । पहिलो जन आन्दोलन कै कुरा गर्दा टोखामा चरणबद्ध अनेक बैठकहरू भए। दिपक राज पनि टोखामा प्रथम कॉंग्रेस को स्थापना गर्नु भएका स्वर्गीय हिरालाल महर्जनको समीपमा रहेर बैठकले आन्दोलन अगाडी बढाउने सहमती भयो। दिपक राज जोशीले वहॉहरूले थालेको आन्दोलनको स्वीकार गर्दे आफ्नो जीवन होमी दायित्व पूरा गरेको यस पंक्तिकारलाई सुनाउँछन। यस पछि वि. सं २०५२/५३ सालमा काङ्ग्रेसको क्रियाशील सदस्य भई तरुण ईकाई सभापति , यसै गरी २०७२ / ७३ सालमा १२ र १३ औं गाउँ ईकाई सभापति समेत रहेका पार्टीमा निरन्तर सक्रिय व्यक्ति हुन , दिपकराज जोशी । जो टोखा नगरपालिका वडा न २ का निवर्तमान वडा अध्यक्ष पनि हुन ।
दिपक राज को रगत, कर्म, पसीना र ऑशु:
उनी अहिले पनि पार्टीको क्रियाशील ब्यक्तित्वको रुपमा रहेका छन । यसको साथै दिपक राज जोशीले २०६४ सालमा भगवती क्लबको अध्यक्ष बनेर भगवती क्लबलाई पहिलो चोटी “सी”डिभिजन लिगमा उक्लिन उनले सक्रिय र महत्वपूर्ण भूमिका खेले। कल्बलाई लिगमा निर्णायक विजय गराउन उनले दामी भूमिका निभाए। त्यसैले दिपक राज जोशी भगवती क्लबको महत्वपूर्ण व्यक्तित्व मानिन्छ। हाल भगवती क्लबले “ बी” डिभिजन लिगमा खेलिरह्को छ। साथै दिपक राज जोशीले ७२ सालको भुकम्पमा दिलो ज्यान दिएर प्राकृतिक रूपले सिर्जित विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा काम गरेको उनीसंग लामो इतिहास छ। जब-जब आपत आईपर्छ, तब-तब त्यस विपदबाट प्रभावित स्थानहरुमा परिवार तथा बालबालिकाहरुको जीवनरक्षाका लागि दिपक राज तत्पर रहन्छ।

दिपक राज जोशीले २०७४ सालमा भएको स्थानीय चुनावमा वडा अध्यक्षमा जीत हासिल गरी उनले सहमति मा कॉंग्रेसको सभापति पद त्याग गरी काईलालाई हस्तान्तरण गर्नु भएको थियो । यो उनको निःस्वार्थ भावना थियो । जसले उनी एकोहोर्याएर आफैसंग डोहोर्याउने ताक़त पाईन्छ उनमा त्यो त्यागमा । उनी प्रसिद्ध वडा अध्यक्ष मात्र नभएर जमानाका दक्ष डिफेन्डर खेलाडी पनि हुन। दिपक राज जोशीको त्यो बेजोड डिफेन्सको कारणले टोखाले अनेकौं ठाउँहरूमा गएर फुटबलमा जीत हासिल गरी शील्ड टोखा मा ल्याएको थियो ।
एक प्रश्न को जवाफमा दिपक राज भन्छन- “ मैले दिनु पर्ने केही छैन , तर रगत, परिश्रम, ऑशु र पसीना।यो कुरो सम्पूर्ण रूपले ह्दयमंग गरौं। हामी टोखाको इतिहास लाई जीवन्त पार्नको लागि महानतम कार्य गर्नका लागि प्रारम्भिक चरणमा छौं । मेरो कर्तव्य, उत्साह साथ र प्रसन्नतापूर्वक ग्रहण गर्दछु। मलाई विश्वास छ ।यसमा तपाईं हरूले साथ दिनेछ भन्ने कुरामा म विश्वस्त छु।”

