• TOKHA LIVE

      TOKHA LIVE

    • २५ भाद्र २०७८, शुक्रबार १०:४६

    युवा वर्गको नेतृत्व गर्न काँग्रेसको काठमाडौँ क्षेत्र नं-५ को सभापतिमा जनकराज श्रेष्ठको दावी

    टोखालाइभ डट कम/भदौं २५ ,२०७८

    काठमांडौं। नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ५ को क्षेत्रीय समितिको सभापतिमा जनक राज श्रेष्ठले नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    विगत २५ वर्ष देखि नेपाली कांग्रेसमा सक्रियताका साथ लागेका जनकराज श्रेष्ठ पेशाले अधिवक्ता पनि हुन, जमानाका सफल फुटबल खेलाडी साथै काठमांडौं ज़िल्ला बार एसोसिएशनका निर्वाचित सदस्य पनि हुन। प्रजातन्त्रिक कॉंग्रेस क़ानून व्यवसायी एसोसिएशनमा केन्द्रीय सदस्य भएर काम गरेका श्रेष्ठले नरहरि आचार्यको प्रतिनिधि चुनावमा परिवेक्षकको रूपमा काम गरि सकेको ठूलो अनुभव उनीसंग छ। उनी यो पेशामा लागेको करिव १९ वर्ष भैसकेको छ। उनले क्षेत्रीय समिति र सबै भातृसंगठनलाई चलायमान बनाउने सबैलाई मिलाएर सुदृढ नेपाली कांग्रेस निर्माणमा अहम भुमिका खेल्दै पार्टीका क्रियाशिल, अग्रज, शुभचिन्तकसँग सल्लाह गरेर अगाडी बढेको जानकारी गराएका छन ।

    विगतमा विनाशकारी भुकम्पमा पनि राहत वितरण गरी सन्तुलित विकासमा आफूले गरेको योगदानलाई हेरेर सबैबाट सहयोग गर्ने प्रतिबद्धता आफूले पाएको बताउने जनकराज श्रेष्ठले जनताको पक्षमा आफुले गरेका कामहरुको मुल्याङ्कन गर्दै सबैको सहयोग रहने बचन पाएको टोखा लाइभलाई जानकारी गराए । उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत अन्ततः आग्रह गरेका छन् ।

     


    पुराना पुस्ताका मानिसहरू नै सत्तामा रहँदा कतै विकासको गतिमा मन्दता आउने त होइन? भनी राखिएको जिज्ञासाको प्रत्युत्तरमा जनक राज श्रेष्ठले यो हाम्रो लागि गौरवको कुरा हो भन्दै पुरानो पुस्ताको नेताहरूमा लामो अनुभव , राजनीतिक परिपक्वता तथा सुझबुझ बाट नयॉ पुस्ताको हातमा हस्तान्तरित हुने विश्वास व्यक्त गर्नु भयो।

    टोखा देखि काठमांडौं अफिस अनि पार्टी कार्यालयसम्म जनक राज ओहोर दोहोर गर्दा उनले पाइलै पिच्छे श्रद्धाको अभिवादन पाउने गरेका छन। किनकी उनी निकै सौम्य, मित्रवत् र कुनै लाभ पद ग्रहण नगर्ने स्वच्छ छवि व्यक्तित्वका कारण उनी आफ्नो इलाक़ामा अभिभावक जतिकै श्रद्धेय छन् अनि बालक देखि वृद्ध सम्म परिचित पनि।

    अव आउने दिनमा जनक राज श्रेष्ठले योगदान र त्यागको सम्मान गर्ने प्रणालीको विकास गर्न लाग्ने भन्दै सबैसंग मत मागिरहेका छन र निर्वाचन सजिलै जित्न सकिने धारणा राख्दै आएका छन।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै