• TOKHA LIVE

      TOKHA LIVE

    • २० भाद्र २०७८, आईतवार २२:००

    टाेखा ९ मा स्वरोजगार तालिम केन्द्रमा हाउस किपिङ सम्बन्धि तालिमको नगर प्रमुखद्वारा उद्घाटन

    टाेखालाइभ डट कम /भाद्र २०, २०७८,

    “सीप सिकौ स्वरोजगार बनौ” भन्ने मुल नाराका साथ १६० कार्य घण्टा हाउस किपिङ सम्बन्धि निशुल्क तालिमको आज गाेंगबँु टाेखा ९ मा स्वरोजगार तालिम केन्द्रमा हाउस किपिङ निशुल्क तालिमको प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको छ।

    नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ललितपुर भैसेपाटिको सहयोगमा स्वरोजगार तालिम केन्द्रले सञ्चालन गरेको हो । उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख अधिकारीले सीप सिके बिश्वमा जहाँ गएर रोजगारी गर्न सजिलो हुने भएकोले तालिममा सहभागीलाई राम्रोसंग तालिम सीप सिक्न आग्रह समेत गर्नुभयो ।

    स्वरोजगार तालिम केन्द्र विगत १३ वर्ष देखि विविध सीप मुलक तालिम दिदै आईरहेको कार्यक्रममा बताइयो ।


    हाउस किपिङ तालिम स्वरोजगार केन्द्र प्रा.लिले काठमाडौ र पोखरामा गरि १०० जनालाई दिने तालिममा २०% सैद्धान्तिक ज्ञान र ८०% प्रयोगात्मक ज्ञान दिने स्वरोजगार तालिम केन्द्रका प्रबन्धक निर्देशक गोपाल अधिकारीले बताए । अधिकारीले भने यहाँ तालिम पछि होटल हस्पिटल डिपार्टमेन्ट स्टोर शैक्षिक सस्था लगाएत वैदेशिक रोजगारीका लागि योग्य हुने छ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै