टाेखालाइभ डट कम /
नुवाकोट, १९भदौ । नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक छहरे टोखा सडक खण्डअन्तर्गतको गुर्जेभञ्ज्याङस्थित डाँडो भासिएर सडकमा खसेको हो । शुक्रवार दिउँंसो २ बजेदेखी अवरुद्ध शुक्रवार सडक खुलाउन पहल गर्ने काम सुरु भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएका कारण काठमाडौँबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौँ आइरहेका सवारीसाधन अलपत्र परेको नेपाल ईभेष्टमेन्ट बैंक चोकका शाखा प्रवन्धक प्रेमकुमार योन्जनले जानकारी दिनुभएको छ। नुवाकोट एक्सप्रेसबाट साभार।


