टाेखालाइभ डट कम / भाद्र १३,२०७८
टाेखामा भुमिगतकालमा सकृयता भएका महिला दिदी बहिनिहरू बिच भेटघाट कार्यक्रम हिजो सम्पन्न भएको छ। टाेखा नगरपालिका वडा २ को संकटा मन्दिर परिसरमा भएको उक्त कार्यक्रममा भुमिगतकालमा सकृयता भएका महिला दिदी बहिनिहरू बिच भेटमा उहाँहरूले आफ्ना जिवनकाल घटेका अविस्मरणीय यादगार अनुभवहरु आदानप्रदान समेत गर्नुभयो।टाेखामा भुमिगतकालमा द्यचा डंगाेल , श्रीमाया डंगाेल,नानी मैयाँ श्रेष्ठ,रत्न कुमारी श्रेष्ठ,सन्त कुमारी श्रेष्ठ लगायतले आफ्नो विचार धार भएको पार्टीमा सक्रियता पुर्वक खटिएकी थिइन्।

ती पार्टीमा महिला दिदीबहिनिहरूलाई सक्रियपुर्वक आबद्ध गराउने श्री सरस्वती माविका शिक्षिका जमुना खत्री मिस हुनु हुन्थ्यो । पन्चायत कालको भुमिगतपालामा हाल बागमती प्रदेशका मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले समेत टाेखामा महिला दिदीबहिनिहरूलाई राजनितीक प्रशिक्षण दिएकी थिइन् ।
पन्चायतको भुमिगतकालमा ती सक्रिय महिला दिदिबहिनीहरुले चामल, सुईटर र सकेकाे घरबाट लुकाई पार्टीको लागि निरन्तर सहयाेग गर्ने देखि लिएर उ बेला घरको काम भन्दा पनि धेरै लुकिछुपि पार्टीको लागि काम गर्ने गरेको भुमिगतकालकि एक सक्रिय सदस्य श्रीमाया डंगाेलले बताइन्।

जुनसुकै ऐतिहासिक घटना आफैंमा एउटा पहिचान हो । सकारात्मक सोचले समाजलाई सधै अगाडि बढाउदै लैजान्छ।त्यसलाई नै समाजले अनुशरण गर्दै जान्छ ।
२०४६ साल अघि त्यस्तै एउटा कालखण्ड थियो पञ्चायती व्यबस्था । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालालाई अपदस्त गरी पञ्चायती शासन थाले । जुन व्यबस्थालाई इतिहासको कालो काल सम्झिने गरिन्छ ।
टाेखामा भुमिगतकालमा सकृयता भएका महिला दिदी बहिनिहरू बिच भेटघाट कार्यक्रमको भुमिगतकालमा एक सक्रिय सदस्य सुकुमाया श्रेष्ठको आयाेजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

भुमिगतकालमा सकृयता भएका महिला दिदी बहिनिहरू बिच भेटघाट कार्यक्रमका व्यवस्थापकमा टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगाेल रहेकि छन् ।
पन्चायत कालमा भुमिगत पालामा सकृय हुनुभएको दिदिहरुसगको भेटघाट गरि अनुभव आदानप्रदान गर्ने मौका मिलाइदिनु हुने नानी मैयाँ ,सुकुमाया,रत्न कुमारी,सन्त कुमारी दिदिहरु र दिदीबहिनीहरुको शैक्षिक जागरण र शसक्तिकरणमा अग्रसर गराउनु हुने जमुना खत्री लगायत अग्रज दिदिहरु प्रती टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले सहभागीहरुमा हार्दिक आभार प्रकट गर्नुभयो ।

