नविना श्रेष्ठ
टाेखा लाइभ डट कम /भाद्र, ६,२०७८
टोखा नगरपालिका वडा नं २ मा रहेको श्री भगवती क्लबमा नेवा गुठी तोखाद्वारा टोखा नगरपालिका वडा नं १,२ र ३ अन्तर्गत विभिन्न नेवा कला संस्कृति पर्व संस्कार र सभ्यतासँग सम्बन्धित टोखा वासीहरूको परिवारमा पर्ने मानवीय क्षतिलाई सम्बोधन गर्ने गरी मृत आत्माको श्रद्धाञ्जली स्वरुप वार्षिक रुपमा प्रकाशन गर्ने स्मृति भाव सागर भाग २ पुस्तिकाको हिजो टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोल, टोखा वडा नं,२ का अध्यक्ष दीपक राज जोशी र टोखा वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठ लगायत नेवा सम्पदा अभियानहरुवाट संयुक्तरुपमा उक्त पुस्तिकाको विमोचन गरियो।

स्मृति भाव सागर भाग २ पुस्तिका बिमोचन कार्यक्रममा नेवाःगुथि तोखाका सल्लाहकारहरु अष्ट नारायण डंगोल , मनिष जोशी ,तोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,नेवाःगुथि तोखाका निवर्तमान अध्यक्ष देवराज डंगोल , टाेखा सांस्कृतिक सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल र टाेखाका मुल नाइके हेम राज श्रेष्ठ लगायतले पवित्र आत्माद्वारा जीवन कालको समयमा सामाजिक योगदान संलग्नता क्रियाशीलता संघर्ष र बहु आध्यात्मिक बौद्धिक व्यक्तित्वका भोगाइलाई स्मरण गर्दै उहाँहरुको योगदानको चर्चा गर्दै हार्दिक श्रद्धाञ्जली दिनु भएको थियो।

कार्यक्रममा एक वर्षमा ५८ जना मृत आत्माको श्रद्धाञ्जली स्वरुप मृतकको तस्वीरमा दियो बाली एक मिनेट मौन धारण गरेको थियो। कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले टोखा संस्कृति संरक्षित क्षेत्रसँग अन्तर्गत सम्बन्ध स्थापित प्राचीन ऐतिहासिक सांस्कृतिक संस्कृति र संस्कारसँग तादात्म सम्बन्ध कायम रहेका महानुभावहरूको सामाजिक सांस्कृतिक एवं जीवनका बहुआयामिक विश्वमा सुष्म अध्ययन गरी तिनीहरूको योगदान सहितको विवरण समावेश गरी वर्ष दिनमा स्वर्गारोहण हुनुहुने महानुभावहरूको स्मृतिमा गत वर्ष देखि प्रकाशन गरेको स्मृति भाव सागर अंक २ प्रकाशन गर्नु भएकोमा प्रकाशक नेवाः गुठी टोखालाई विशेष धन्यवाद दिएका थिए । पुस्तकका रूपमा विकास गर्दै प्रकाशन कार्यलाई निरन्तरता दिँदै जान सक्नु यही सुवेक्षा व्यक्त गर्दै मिति २०७७ श्रावन देखि २०७८ श्रावण सम्म दिगवंत हुने सम्पूर्ण मृता आत्माको चिरशान्ति कामना सहित श्रद्धांजलि व्यक्तगर्दै शोक संतप्त परिवारजनमा समबेदना प्रकट गर्नुभयो ।

टोखा वडा २ का अध्यक्ष दिपक राज जोशीले ऐतिहासिक धार्मिक सांस्कृतिक प्राचीन टोखालाई जन्मभूमि वा कर्मभूमि वनाई जीवनका अनेक आरोह पार गर्दै समय व्यतीत गरी यस लोकबाट प्रस्थान गर्ने सम्पूर्ण पवित्र आत्माद्वारा जीवन कालको समयमा सामाजिक योगदान संलग्नता क्रियाशीलता संघर्ष र बहु आध्यात्मिक भोगाइलाई स्मरण गर्दै दुखद घटना मानवीय क्षतिलाई सम्बोधन गर्ने गरी वार्षिक रूपमा नियमित स्मृति भाव सागर अंक २ पुस्तक प्रकाशन गर्ने कार्यमा अहो रात खट्नु हुने नेवा गुठी टोखालाई विशेष धन्यवाद आभार व्यक्त गर्दै पुस्तक आगामी दिनमा थप परिष्कृत सहित उत्कृष्ट पुस्तकको रूपमा प्रकाशन सफल होस् दिवगंत आत्माको चिर शान्तीको कामना सहित श्रद्धासुमन व्यक्तगर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने सक्ने क्षमता प्रदान गरुन भनि समबेदना प्रकट गरेका थिए ।
५ बिधामा विद्वत पुरस्कार अक्षयकोष स्थापना
नेवाः गुथि तोखाले सुरु गरेको विद्वत पुरस्कार अक्षयकोषका लागि आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा स्थापना गरिएको विधागत पुरस्कारका लागि ५ वटा विधा कला, संस्कृति, रङमञ्च रङकर्मी, बाध्यबादन, चतुर्मास भजन, शिक्षा तथा खेलकुड, सरसफाइ लगायत क्षेत्रमा अतुलनीय योगदान पुर्याए बापत विभिन्न पुरस्कारले सम्मान गर्ने उद्देश्यले विद्वत पुरस्कारको अक्षयकोष स्थापना गरिएको नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो ।
तोखालाई स्वच्छ र फोहोरमुक्त बनाउने कार्यको शुभारम्भ गरेका तोखा-२ थलाग निवासी सरसफाई अभियन्ता तथा समाजसेवी शेरबहादुर श्रेष्ठले दुई लाखको सरसफाई निरन्तरता अभियान अक्षयकोष स्थापन गरेका छन् । श्रेष्ठले दुई लाखको चेक गुथिका अध्यक्ष रमेश नापितलाई हस्तान्तरण गरेका थिए।
स्वर्गीय गजराज जोशीको स्मृतिमा ‘गजराज जोशीको स्मृति पुरस्कार’ दुई लाखको अक्षयकोष स्थापना गरिएको छ । शिक्षा र खेलकुद क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सो पुरस्कार प्रदान गर्नेछ ।
तोखाको हाँस्यव्यङ्ग रङमञ्चको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका स्वर्गीय जन्मराज श्रेष्ठको स्मृतीमा ‘स्वर्गीय जन्मराज स्मृती पुरस्कार’ दुई लाखको अक्षयकोष स्थापना गरिएको छ । यो पुरस्कारबाट रङमञ्चमा योगदान पुर्याएका व्यक्तिलाई प्रदान गरिनेछ ।
स्वर्गीय भाजुमान डंगोलको स्मृतिमा ‘स्वर्गीय भाजुमान स्मृती पुरस्कार’ दुई लाखको अक्षयकोष स्थापना गरिएको छ । यो पुरस्कार भाजुमाचतुरमास दाफा भजनमा योगदान पुर्याएका ब्यक्तित्व खलःलाई प्रदान गर्नेछ ।

स्वर्गीय ज्ञानबीर डंगोलको स्मृतिमा ‘स्वर्गीय ज्ञान बीर र स्मृती पुरस्कार’ दुई लाखको अक्षयकोषको स्थापना गरिएको छ । बाध्यबादन तथा बाजागाजाको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई प्रदान गर्नेछ ।
भगवती क्लवको सहभाहलमा भएको कार्यक्रम गुथिका महासचिव हेराकाजी डंगोलले सञ्चालन गरेका थिए । भाव सागर पुस्तकका परिकल्पनाकार नेवाः गुथि तोखाका सचिव प्रकाश डंगोललाई कार्यक्रमभरी टाेखा नगरउप प्रमुख ज्ञानमाया डंगोल लगायत नेवाः गुथि तोखा सल्लाहकारहरुले महत्त्वपूर्ण कार्यमा पाइला चाल्दै योगदान दिएको भन्दै खुलेर प्रसंशा गरेका थिए ।

नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितको सभापतित्वमा सम्पन्न भएको श्रद्धान्जली सभामा प्रमुख अतिथि टाेखा नगर उप प्रमुख ज्ञान माया डंगोल ,टाेखा वडा १ का सदस्य ,टाेखा वडा २ का अध्यक्ष दीपक राज जोशी , वडा सदस्यहरु हेराकाजी डंगोल, पञ्चकुमारी श्रेष्ठ, टोखा-३ वडाका अध्यक्ष सिंहराज श्रेष्ठ तथा वडा सदस्य हरिमान श्रेष्ठ, तलेजु मूल नायो हेमराज श्रेष्ठ, तोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवाः गुथिका सल्लाहकार अष्ट नारायण डंगोल, नेवाः गुथि तोखा निवर्तमान उपाध्यक्ष सत्यनारायण डंगोल, टाेखा सांस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल, समाज सेवी शैलेन्द्र डंगोल ,नेवाः गुथि तोखाका
निवर्तमान अध्यक्ष देवराज डंगोल,नेवाःगुथि तोखाका सल्लाहकार मनिष जोशी,नेवाःगुथि तोखाका सल्लाहकार माइला डंगोल , भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशी लगायत दिवंगत हुनु भएका आफन्तका परिवार लगायतको सहभागिता रहेको थियो ।

