नबिना श्रेष्ठ
टाेखालाइभ डट कम/ श्रावण, २,२०७८
न्हुज:पुस्तकालयको ३७औं वाषिर्कोत्सवको उपलक्ष्यमा न्हुजः खल: र नयाँ किरण समुहको आयोजनामा टोखामा हिजो बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कोभिड -१९ दोस्रो लहरका कारण देशभर मानव रगतको माग उच्च रहेको भएपनि रक्तदान कार्यक्रमहरु न्यून आयोजना भइरहेको वर्तमान परिप्रेक्ष्यमा टोखाको न्हुज: पुस्तकालयले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताउनुभयो।

सो सस्थाले स्थापनाकाल २०४१ सालदेखि हरेक भाद्र १ गते अविछिन्न रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो।

वाषिर्कोत्सव दिवसको उपलक्ष्यमा सस्थाले टोखामा सदियौं कालदेखि चल्दै आएको चर्तूमाश भजनमा सरिक हुने ५ दाफा खल र १ भजन खल तथा गुला पर्वमा सरिक हुने धां खल लाई जनही ३५० किलो चामल सहयोग गरेको उपप्रमुख ज्ञान माया डंगोलले बताउनुभयो।

टोखामा पिगं द्य: दाफा खल:, ईन्द्रायणी दाफा खलः, चन्देश्वरी दाफा खलः जोरभिमसेन दाफा खलः र सपनातिर्थ दाफा खलः ,चण्डेश्वरी भजन खल र सपनातिर्थ धां खल गरि ५ दाफा खल चतुर्मास भजन साथै सम्वन्धित सस्कृति अगाडि वढाउन क्रियाशील रहेको श्रेष्ठले जानकारी दिनुभयो।

श्रावण शुक्ल प्रतिसपदा देखी ४ महिना निरन्तर भजन गर्ने खलहरूले यहि समयमा पर्ने विभिन्न जात्रा पर्व तथा चाडहरुको सस्कृति पनि सञ्चालन गर्ने गदर्छन् ।

सस्कृति तथा संस्कार धान्नका लागि स्थानीय वासिन्दाहरुले सहयोग स्वरुप यी खलहरुलाई थालमा राखेर चामल सहयोग गर्ने चलन पहिल्यै देखि चल्दै आएको चाल चलन हाम्रो संस्कारलाई जीवित तुल्याउन तथा संस्कृति संरक्षणमा कृयाशील सस्थाहरुको कियाशील तुल्याउनका लागी संस्थावाट सहयोग गरेको हो।

आजै सस्थाले पुस्तकालय परिसरमा निःशुल्क वाईफाई जोन समेत शुभारम्भ गरेको छ। ६० समविपिएस वेन्दुविथको यो वाईफाई एकपटकमा ५० वटा डिभाइस हरुमा चलाउन मिल्ने गरि व्यवस्था गरिएको अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए।

कार्यक्रममा भने निःशुल्क वाईफाई जाेन समारोहको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले उद्धघाटन गर्नुभएको थियो।




