टाेखा लाइभ डट कम / श्रावण ३१ ,२०७८
काठमाडौं /टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका कर्मचारी बीचको मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ। हिजो शनिबार तारकेश्वर नगरपालिकाको वडा नं. १०मा अवस्थित G4 फुटसलमा संचालन सम्पन्न भएको मैत्रीपुर्ण खेलमा टोखा नगरपालिका विरुद्ध २ गोलको लिड लिदै
तारकेश्वर नगरपालिका विजयी भएको थियोे । जितमा
तारकेश्वर नगरपालिकाले ६ गोल र टोखा नगरपालिकाले ४ गोल गरेसँगै २ गोलको अग्रताले तारकेश्वर नगरपालिका विजयी भएको हो ।

टोखा नगरपालिकाका नगर प्रमुख अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले संयुक्त रुपमा एकअर्का टिममा पालैपालो पेनाल्टी हानेर १/१ गोल बनाउँदै खेलको शुभारम्भ गरेका थिए ।

अन्तर नगरपालिकास्तरीय मैत्रीपूर्ण प्रतियोगितामा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धिताल तारकेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल, टोखाका प्रशासकिय अधिकृत प्रकाश आचार्य लगायतले प्रतियोगिताको निर्धारित खेल अवधिभर आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेका थिए । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका कर्मचारी बीचको मैत्रीपूर्ण फुटसल खेलमा दुबै नगरपालिकाका टिममा सहभागी खेलाडीहरूको मनोबल उच्च राख्नुका साथसाथै आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए ।

