टोखा लाइभ ।२०७८ साउन ३० गते
काठमाडौँ। पछिल्लो समय टोखा नगरपालिकामा घुमफिर गर्न आउने स्वदेशी पर्यटकहरू बढेका छन्। दुई महिनाअघि यस पछि पनि यस पर्यटकिय नगरी टोखाको सपनतीर्थमा धार्मिक पर्यटकहरू बढेका छन।

यही साउन महिनादेखि टोखा भगवती क्लवले टोखाको प्रमुख धार्मिक स्थलहरूको सरसफाइको जिम्मा लिएको छ। उक्त क्लबले जिम्मा मात्रै लिएको छैन, साँच्चै भनेअनुरुप र आम मानिसले अनुभव गर्न सक्ने गरी सरसफाइ र व्यवस्थापनको काम पनि गरेको छ।

क्लबको चाहनाअनुरूप टोखा वडा नं -२ को विशेष पहलमा पनि सहयोग दिँदै आएका कारण काम गर्न सहज हुनुका साथै विभिन्न धार्मिक क्षेत्र चण्डेश्वरी, पिगंध , तपलाछि र गणेशको मन्दिर सरसफाईले अझ आकर्षण बनेको क्लबको अध्यक्ष इन्द्र राज जोशीले बताए।टोखा को धार्मिक स्थल सधैं फोहर मात्र हुन्छ भन्ने सन्देश हामीले श्रद्धालुहरूमा पठाउनु हुँदैन।उनले भने।
भगवती क्लब आएसँगै अहिले सरसफाइको क्षेत्रमा विभिन्न मन्दिरले मुहार फेरेको छ। क्लवले यसअघि पनि टोल , मूर्ति र मन्दिरको सरसफाइको जिम्मा पूरा गरिसकेको छ।

सपनतीर्थमा फोहोर व्यवस्थापनमा चुनौती:

घरबाट निस्किने फोहरभन्दा सपनतीर्थमा जथाभावी फ्यॉकिरहेको फोहर व्यवस्थापन कार्य आफैँमा चुनौतीको विषय हो। सपनतीर्थका बासिन्दाहरूले फोहोर व्यवस्थापन गर्नुपर्ने पनि उत्तिकै प्राथमिकता हुने गर्दछ। सङ्क्रमणजन्य फोहरलाई व्यवस्थापन गर्दा सबैभन्दा पहिले त्यसलाई निःसङ्क्रमणको काम गर्नुपर्ने हुन्छ। अनि मात्र व्यवस्थापनको काम हुन्छ । सपनतीर्थको पोखरीमा अहिले हिलाम्य लेदो जमिएको छ। यसलाई पानीको सहयताले यन्त्रको प्रयोग गरी सङ्क्रमणजन्य फोहरलाई निःसङ्क्रमण गरेर मात्र वाहिर व्यवस्थपन गर्न सकिन्छ ।
टोखा एउटा संरक्षण क्षेत्र भएकोले यी मुख्य कामहरू सबै समयमा सफा नै रहनुपर्ने स्थानीय को भनाइ छ।






