• TOKHA LIVE

    • २३ श्रावण २०७८, शनिबार २१:१०

    टोखा नगरपालिकामा नेपाल स्काउटको दीक्षान्त तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/ साउन २३,२०७८

    टोखा नगरपालिकामा हिजो शुक्रबार नगर स्तरीय नेपाल स्काउटको दीक्षान्त तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। टोखा नगर समितिका संयोजक नवीन श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

    हिजो शुक्रबार गोधुली पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख प्रकाश अधिकारी,उपप्रमुख ज्ञान माया डङ्गोल तथा शिक्षा शाखा प्रमुख बाबुराम गौतम उहाँहरूलाई नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले दीक्षा दिइएको थियो।

    दीक्षित पदाधिकारीहरूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि भण्डारीले पद तथा गोपनीताको सपथ ग्रहण गराउनु भयो। कार्यक्रममा विशेष अतिथिहरुमा बागमती प्रदेशका मुख्य सचेतक एंव स्काउटर माननीय दिपक निरौला ,नेपाल स्काउटका निर्देशन राम प्रसाद भट्टराई, नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका सदस्य शिव राम अर्याल, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, ११ वडाका वडाअध्यक्ष वडा तथा कार्यपालिकाका सदस्यहरू र टोखामा नेपाल स्काउट २०५१ साल देखी श्री सरस्वती उच्च माध्यमिक विद्यालयमा स्काउट स्थापना भै पूर्ण आजको दिनसम्म निरन्तर सञ्चालितमा ल्याउन र टोखामा पहिलो पटक नेपाल स्काउट भित्र्याउन सफल व्यक्तित्व स्काउटर हरि कृष्ण महर्जन र सरिता महर्जन साथमा कीर्तिपुर नगर समितिका संयोजक निस्ता महर्जन, बुढानिलकण्ठ नगर समितिका संयोजक प्रनेल महर्जन, स्पेशल टास्क फोर्स संयोजक अजित लामा ,पूर्व स्काउटर, तृखय क्यूका रोभर रेन्जरहरू लगायतको उपस्थित रहेको थियो।

    कार्यक्रममा स्थानीय स्काउट संरक्षक एंव नगर प्रमुख प्रकाश अधिकारीले आफू टोखा नगर स्काउटको संरक्षकको रूपमा पद भार ग्रहण गर्न पाउदा निकै नै हर्षित भएको भन्दै अब टोखा नगरपालिकाले एक घर एक स्काउट जन्माउन प्रत्यक सामुदायिक विद्यालयमा स्काउट सञ्चालन गर्ने बताए।


    बालबालिका तथा युवाहरूलाई अनुशासित र आत्मा सम्मान बनाउदै समाज सेवा गर्ने जगाउन स्काउट अभै अगाडि बढाउन अभिभावकत्वको भमिका निर्वाह गर्दै सधै साथ र सहयोग गर्ने बाचा दिएका छन्।

    नगर उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख ज्ञान माया डङ्गोलले आफू शिक्षण पेसामा हुदादेखी नै स्काउटसंग नजिक रहेको भन्दै टोखा नगरपालिकामा रहेको ८ वटा सामुदायिक विद्यालयमा युनिट स्थापन गरिने बताए।
    नगरपालिकाको शिक्षा शाखा मार्फत आवश्यक निती कार्यक्रम बनाइ बजेतको व्यवस्थापन गर्ने र नगरपालिकामा रहेको निजी विद्यालयहरूमा समेत स्काउट युनित स्थापनाका लागी गृहकार्य गर्ने समेत बताएका छन्।

    कार्यक्रममा विशेष अतिथि बागमती प्रदेश मुख्य सचेतक दिपक निरौलाले स्काउटको
    बिकासका लागी अब टोखा नगरपालिकाले खेलेको भुमिकालाइ प्रशंस गर्दै सबै नगर पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरे। आगामि दिनमा स्काउटको बिकास र बिसतारका लागी स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको बताए।

    सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरूमा स्काउटको बिकास र विस्तारका लागी नितीगत रूपमा निर्णय गरेर प्रकृया अगाडि बढाएको बताए।
    स्काउटले युवाहरूमा सकारात्मक सोचको बिकास गर्दै समाज र राष्ट्रका नौतिकवान ,अनुशासित नागरिक बनाउने र बिपद्का बेला निःस्वार्थ भावनामा उद्धारमा खटिएका युवाहरूको दस्ता स्काउटले परिचालन गरिने समेत बताए।

    टोखा नगर स्तरीय स्काउटका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष नबीन श्रेष्ठले
    टोखाको तृखय क्यू ट्रपले सामुदायिक, सांस्कृतिक तथा सम्पादाको क्षेत्रमा निरन्तर रूपमा लागी परेको जानकारी दिनुभयो । कोरोनाको महामारीमा सचेतना मुलक कार्यक्रम तथा नगरपालिकामा सञ्चालित खोप केन्द्रहरूमा स्वयम सेवकको रूपमा खटिरहेको मठमन्दिर सरसफाइ तथा रंगरोगन जात्रा पर्वमा स्वयंसेवकमा खटिएको स्काउट अब टोखामा स्काउटमय बनाउने उद्देश्य समेत बताए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै