नविना श्रेष्ठ
टाेखालाइभ डट कम / श्रावण २२, २०७८
सांस्कृतिक संरक्षित क्षेत्र टाेखामा रहेकाे “चण्डेश्वरी द्य:छेंको पुन: निर्माण हुने भएको छ।नेवाः गुथि टाेखाकाे लामाे पहलमा चण्डेश्वरी द्य:छें निर्माण हुन लागेकाे हाे। टोखाको थलगय् (थलाग) टाेखा नगरपालिका वडा २ मा अवस्थित टाेखाको महत्त्वपूर्ण धरोहर चण्डेश्वरी द्यः छें (देव घर)को हिजो टोखा नगरपालिकाका उप-प्रमुख ज्ञानमाया डंगोल, टाेखा नगरपालिका वडा २अध्यक्ष दिपकराज जोशी र सदस्यहरु हेराकाजी डंगोल, पञ्चकुमारी श्रेष्ठ, टाेखाका मुल नाइके हेमराज श्रेष्ठ, नेवाःगुथि टाेखाका अध्यक्ष रमेश नापित, निवर्तमान अध्यक्ष देवराज डंगोल, निवर्तमान उपाध्यक्ष सत्यनारायण डंगोल , सल्लाहकार मनिष जोशी , सपन तिर्थ मन्दिर निर्माण संरक्षण समितिका अध्यक्ष अष्ट नारायण डंगोल, चण्डेश्वरी मन्दिर निर्माण संरक्षण समितिका अध्यक्ष धुर्वराज जोशी, चण्डेश्वरी मन्दिरका पूजारी नातिराम कर्मचारी र स्थानीय बुद्धिजीवी संस्कृतिप्रेमी लगायतको उपस्थितिमा चण्डेश्वरी द्य:छेंको पुनःनिर्माणको विधिगतरुपमा शिलान्यास गरेका हुन् ।

चण्डेश्वरी द्यःछेंको पुरातत्व विभागको आर्थिक सहयोगमा द्यःछेंको पुनः निर्माण हुने सो मन्दिरको लागि पुरातत्व विभागबाट विनियोजित ७१ लाख ३५ हजार ५६०.४५ लागतमा बजेट बिनियाेजन गरिसकेपछि मौलिक परम्परागत शैलिमा चण्डेश्वरी द्यःछें निर्माण हुन लागेको नेवाः गुथि टाेखाका निवर्तमान अध्यक्ष तथा आर्थिक संयाेजक देवराज डंगोलले बताएका छन् ।

चण्डेश्वरी द्य:छेंको मौलिक परम्परागत शैलिमा द्यःछें निर्माण हुनेभएपछि स्थानीयहरुमा खुशीयाली छाएको छ।
२०७२ सालको बिनासकारी महाभुकम्पले क्षति भएसंगै दैनिक नित्य पूजापाठ तथा टाेखाको बिस्का जात्रा जस्तापर्वहरुमा अत्यन्तै प्रभावित बनेको सो चण्डेश्वरी द्यः छेंमा चण्डेश्वरी मन्दिरको देवीदेउता राख्ने,जात्राका लागि खट व्यवस्थापन र नित्य पूजापाठका सामग्रीहरु लगायतको जोहो गरिन्थ्यो।

चण्डेश्वरी द्य:छें निर्माणको स्केच।
हाल टाेखामा नेवा: सम्पदा नेवा: भेषभुषा, भाषा, संस्कृति जगेर्ना गर्न नेवाः गुथि टाेखा, टाेखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति,नेपाल भाषा क्लब,नेवा ग्वाहाली पुच जस्ता संस्कृति प्रेमि सामाजिक संस्थाहरु यस क्षेत्रमा निरन्तर काम गरिरहेका छन् ।


