• TOKHA LIVE

    • १७ श्रावण २०७८, आईतवार ०६:२३

    सरस्वती मा.वि टाेखामा पूर्व विद्यार्थी भेला, विद्यालयलाई स्थानीयहरूको साथ र मायाको खाचो :-

    नविना श्रेष्ठ
    टाेखा लाइभ डट कम /श्रावण  १७,२०७८

    हिजो साउन १६ गते शनिबारको  दिन श्री सरस्वती माध्यमिक विद्यालय टोखामा पूर्व विद्यार्थीहरूको भेला सम्पन्न भयो। विद्यालयको  आयोजनामा पूर्व विद्यार्थीको  पहिलो भेलामा पूर्व विद्यार्थी मञ्च गठन गर्ने सम्बन्धी सरस्वती माध्यमिक विद्यालय भवनमा  छलफल गरिएको  थियो।

    २०४५ साल देखि २०७८ सालसम्म उक्त विद्यालयबाट प्रबेशका  परिक्षा  दिएका पूर्व विद्यार्थीहरू एकै स्थानमा रहि विद्यालय र शिक्ष  क्षत्रको व्यवस्था,उन्नतीका  लागि पूर्व विद्यार्थी मञ्चको  आवश्यताको  बारेमा विद्यालयका  प्रधानाध्यापक अर्जुन श्रेष्ठले भेलामा विद्यालयको धारणा राख्नु भएको थियो।

    सरस्वती माध्यमिक विद्यालय टोखाको  स्थानीय समुदायकै  अमूल्य सम्पत्ति हो। विद्यालय अगाडि बढाउदा आईपरेका बाधा र समस्यालाई हटाउन विद्यालयको
    कमीकमजोरी औंल्याएर  त्यसलाई सुधार गर्दै लैजान स्थानीयहरूको  साथ र मायाको खाचो  रहेको विद्यालयका  प्रधानाध्यापक अर्जुन श्रेष्ठले  बताउनुभयो।

    पहिलो चरणको भेला भएकोले  केही सीमित पूर्व विद्यार्थीहरूको भेलामा प्रधानाध्यापक श्रेष्ठले  विद्यालयको  विगत र वर्तमान अवस्थाको  बारेमा जानकारी दिनुभयो। उक्त भेलामा उपस्थित पूर्व विद्यार्थीहरूले  विद्यालयको  गुणस्तर शिक्षा र पूर्वाधार व्यवस्थानका  लागि आफूहरूले सक्दो सहयोग गर्ने तयार रहेको भन्दै अवस्थाक प्रक्रिया मिलाई चाडै पूर्व विद्यार्थी मञ्च गठन गने कार्य अगाडि बढाउनु  पर्नेमा  जोड दिएका छन्।

    शनिबारको  उक्त भेलामा विद्यालय व्यवस्थापना  समितिका अध्यक्ष तथा टोखा नगरपालिका वडा न ३ का अध्यक्ष सिंह राज श्रेष्ठ, सदस्य अष्ट नारायण डङ्गोल,  विद्यालयका  शिक्षक बाल साहित्यकार शिव प्रसाद  सापकोटा, यसै विद्यालयका  पूर्व प्रधानाध्यापक बाबु लाल भण्डारी, शिक्षक रामजी  भण्डारी  अन्य शिक्षकहरू  लगायत पूर्व विद्यार्थीहरूको बाक्लो  उपस्थित रहेको थियो।

    २०१७ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा हाल सम्म ९ सय भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्छन् । विद्यालयमा अहिले अङ्ग्रेजी माध्यमबाट अध्यापन, आधुनिक तथा कम्प्युटर प्रयोगशाला लगायतको व्यवस्था रहेको र पछिल्लो समयमा कोरोना भाइरस कोभिड -१९ का कारण शैक्षिक संस्था बन्द भएता पनि  विद्यालयले  बिहान ८ बजे देखि ६ बजे सम्म ४ समूहमा  विभाजन गरि अनलाइन कक्षा समेत सञ्चालन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठ  बताउछन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै