• TOKHA LIVE

    • १६ श्रावण २०७८, शनिबार १८:१५

    पिगं द्य: इन्द्रायणी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न(फाेटाे फिचर )

     

    टोखा लाइभ । २०७८श्रावण १६ गते।

    टोखा नगरपालिका वडा नं ३ अन्तर्गत पर्ने ऐतिहासिक टोखाको पिगं द्य:श्री इन्द्रायणी मन्दिर वरपर सरसफाई अभियान कार्यक्रम आज शनिबार विहान सम्पन्न भएको छ ।भगवती क्लब र टोखा नगरपालिका वडा नं २ र ३ को आयोजनामा सरसफाई कार्यक्रम आयोजना गरिएको हो।

    परापुर्वकाल देखि शक्तिको प्रतीक मानिने मसानकालीको रूपमा पनि चिनिने पवित्र धार्मिक स्थल टाेखाको भुटखेलमा रहेको पिगं द्य:श्री इन्द्रायणी माइ मन्दिर त्यसको आगन , मरजा खुवाउने चौतारी , आर्यघाट , धारा, मन्दिरको उत्तर तिरको भर्र्याङ् आसपासको सम्पदा क्षेत्रको सफाई कार्यको शुभारम्भ गरिएको छ । उक्त बृहत सरसफाइ कार्यक्रममा भगवती क्लब ,टोखा नगरपालिका वडा नं २ र ३ का टोलबासी समाजसेवीहरुको उपस्थिति रहेको थियो । ऐतिहासिक, पौराणिक तथा गौरवमय इतिहास बोकेको धार्मिक स्थल पिगं द्य:श्री इन्द्रायणी माइ मन्दिर प्रागनको बृहत सर–सफाई कार्यक्रम आयोजना गर्न पाउँदा गौरवको महसुस भएको बताउदै क्लबका अध्यक्ष इन्द्रराज जोशीले यहाँ सम्म आइपुग्दा टाेखा ऐतिहासिक चण्डेश्वरी मन्दीर देखि शुरु भएको यो सम्पदा मठमन्दिर सर सफाइ कार्यक्रम हरेक शनिवार संचालन हुने जानकारी दिए।

    हाम्रो घर आङ्गन, मन्दिरको फोहरले गर्दा हाम्रो शरीरमा विभिन्न किसिमका रोग लाग्न सक्छ छ ।त्यसैले आफ्नो घर ,ऑगन , मन्दिर, पाटीपौवा, आफैं टोल सफा राखौं र असल संस्कार सिकाऔं। आफ्नो देश आफैँ बचाउँ, असल संस्कारको नारा बोकि समृद्धिको आधार र जनचेतना मुलक तथा सरसफाई अभियानको तिब्रता दिएको सो सम्पदा मठमन्दिर सर सफाइ कार्यक्रम पहिलो हप्ता पुरै चण्डेशरी मन्दिर इलाका सरसफाई गरीएको थियो भने दोस्रो हप्ता ९ औं शताब्दीमा बनेको टोखाको गणेश मन्दिर तथा उक्त स्थलमा रहेको वर पिपलको बृक्ष(देव बृक्ष÷बर बृक्ष) को चौतारा र विभिन्न देव देवताको मूर्तीको सफाई गरीएको थियो ।यसैगरी आगामी शनिवार टप लाछीमा सर सफाई गरिने जानकारी भगवती क्लबको अध्यक्ष इन्द्र राज जोशीले जानकारी दिए।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै