• TOKHA LIVE

    • ९ श्रावण २०७८, शनिबार १५:५६

    गणेश मन्दिर सफाई तथा कार्यक्रमको शुभारम्भ

    टोखा लाइभ ।२०७८ साउन ९ गते

    टोखा नगरपालिकाको ९ औं शताब्दीमा बनेको धार्मिक स्थल गणेश मन्दिर र त्यसको आसपासको सम्पदा मूर्तिको सफाई कार्यको शुभारम्भ गरिएको छ । भगवती क्लबको आयोजनामा र टोखा नगरपालिका वडा नं२ र महानगरीय प्रहरी वृत महाराजगंजको सहयोगीमा नगर टोलबासी समाजसेवीहरुको उपस्थितिमा ऐतिहासिक, पौराणिक तथा गौरवमय धार्मिक स्थल गणेशको मंदिर प्रागनको बृहत सर–सफाई कार्यक्रम सुरूवात हरेक शनिवार गरिएको वडा अध्यक्ष दिपक राज जोशीले बताए ।

    सरसफाई कार्यक्रममा उपस्थित समाजसेवीहरूको सर्वसम्मतिवाट मन्दिर तथा उक्त स्थलमा रहेको वर पिपलको बृक्ष(देव बृक्ष÷बर बृक्ष) को चौतारा र विभिन्न देव देवताको मूर्ती को सफाई गरी सुन्दर शान्त ऐतिहासिक धरोहर गणेशको मन्दिर, चैत्य स्थलको संरक्षण विकासमा सवैको ध्यान जानुपर्ने भगवती क्लबको अध्यक्ष इन्द्र राज जोशीको माग छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै