टोखा लाइभ । २०७८ साउन ९ गते ।
सपनतीर्थ भजन खल : लबुँले गुरू मनकाजी डंगोललाई श्रद्धाभाव प्रकट गर्दे गुरू पूर्णिमा दिवस भव्यताका साथ आज मनाएको छ।

हिन्दुहरूको पवित्र स्थल सपनतीर्थ मन्दिरको प्रांगणमा भएको कार्यक्रममा भजन कीर्तन सिक्दै गर्नु भएका महिला दिदी तथा वैनीहरूले सर्व प्रथम श्री गणेश प्रति १०८ बत्ती बालेर भजन संगीत गर्दे गुरू मनकाजीलाई फुल माला र पुष्प गुच्छा अर्पित गर्दे र सपनतीर्थ भजन खल: की अध्यक्ष हरिमाया श्रेष्ठले गुरू मनकाजीलाई मायाको चिनो स्वरूप उपहार दिदै गुरू प्रतिको भावपूर्ण निष्ठा प्रकट गरेकी थिईन।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ। ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रीय मान्यता रहँदै आएको छ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई शास्त्रले गुरु मानेको छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ, माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ अर्थात गुरू देवता समान हुन् भन्ने मान्यता शास्त्रले बोकेको छ।

कार्यक्रम सन्चालन गर्दे भूपु अध्यक्ष बाबुलाल डंगोलले हामी सबैले गुरूले भनेको कुरालाई आत्मसाथ गर्न सके मनमा गुरू सदैव उपस्थित रहिरहने बताएका थिए।

कार्यक्रममा सल्लाहकारमा श्याम लाल श्रेष्ठ, राजकुमार कुँवर , भुपु अध्यक्ष बाबुलाल डंगोल , पत्रकारमा हिक्मत डंगोल लगायत सपनतीर्थ भजन खलका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।


