• TOKHA LIVE

    • ८ श्रावण २०७८, शुक्रबार १४:०४

    टोखामा ‘मेयर उज्यालो कार्यक्रम’को निरन्तरता झोर देखि मालुङ सम्मको सडक बति झलमल:-

    टाेखालाइभ डट कम/श्रावण ८ ,२०७८

    टोखामा ‘मेयर उज्यालो कार्यक्रम’को निरन्तरताले झोर देखि मालुङ सम्मको सडकमा बत्ति जडान पछि अहिले राति झोर- मालुङ सडक झलमल देखिएको हो।
    टोखा नगरपालिका वडा नं १ को झोर देखि मालूङ सम्मको सडकका पोलहरुमा बत्ति जडान गरिएको छ । टोखा नगरपालिकाको मेयर उज्यालो कार्यक्रम अन्तर्गत झोरको बौडेश्वर माबी देखि मालूङ सम्मको सडकमा सडक बत्ति जडान गरिएको टोखा नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

    सडकबत्ती जडानसँगै सो क्षेत्रमा रातको समयमा हुने अपराधिक कार्यमा कमी आउनुको साथै रातको समयमा आवतजावतमा समेत सहज हुने बिश्वास रहेको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

    टोखा नगरपालिकामा ‘ मेयर उज्यालो कार्यक्रम’को नगर प्रमुख प्रकाश अधिकारीले गत बैशाख ६ गते एक औपचारिक कार्यक्रममा बत्तीको स्विच अन गरी टाेखा ७ मा सडक बत्तिको उद्घाटन गर्नुभएको थियो  ।टोखा नगरपालिको आफ्नो गौरवको योजना अन्तर्गतको मेयर उज्यालो कार्यक्रमको सफलता पुर्वक शुभारम्भ गरे संगै  नगरभित्रका सबै स्थानमा एकैपटक मेयर उज्यालो कार्यक्रम मार्फत् मुल सडकमा बत्ति बाल्ने कार्यक्रम टोखा नगरपालिकाले विगत १ वर्षदेखि मेयर उज्यालो कार्यक्रमलाई आफ्नो गौरवको योजनामा राखेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै