टोखा लाइभ ।२०७८ ,साउन १ गते।
नेपाली कांग्रेसको स्थानीय अधिवेसनको कार्यतालिका सार्वजनिक भए संगै स्थानीय समितिहरुको नेतृत्वको दावी र तयारी निकै तीव्र गतिमा चलिरहेको छ।
अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेस्य र महत्वका वारेमा छलफल गरिरहेका छन।
यसै क्रममा काठमाण्डौ क्षेत्र नं ५ मा नेपाली कांग्रेसको राजनीतिमा लामो समय बिताएका टोखाका युवा नेता मनिष जोशी क्षेत्रीय सभापतिमा दावी गरेका छन।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ लाई स्थानीय ,प्रदेस र संघीय सबै तहमा शशक्त रुपमा विजयी बनाउन आफ्नो अनुभव र ज्ञान उपयोगी रहेको भन्दै सभापतिमा दावी गरेका मनिषले २०७२ सालको १२ औं अधिवेशनमा जिल्ला सदस्य देखि १३ औं महाधिवेशनमा उच्च भोटका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भई काम गरेका थिए ।
राजनीति ,खेलकुद र समाजसेवामा पनि उतिक्कै सक्रिय रहेका मनिषले २०७२ सालको भुईचालोमा राहत वितरण र नुवाकोट सम्म गई पाल, त्रिपाल देखि अन्य लता कपडा सम्म वितरण गरी आफ्नो मुख्य भूमिका निर्वाह गरेको थियो। यसै गरी मनिष गजराज ट्रष्ट को अध्यक्ष बनी धनराज मार्फ़त ४ वटा प्रशिक्षण दिएको र टोखामा सर्वप्रथम कॉंग्रेसको स्थापना गर्नु हुने स्वर्गीय हिरालाल महर्जन पनि क्षेत्रिय सदस्यता प्रवेश गराउनु भएको थियो । २०७७ मा पोखरामा भएको अधिवेशनमा नेपाल लोकतांत्रिक खेलकुद को सचिव पदमा जिम्मेवारी बहन गरेका थिए ।
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा साविक टोखा नगरपालिका वडा नं- २ को वडा अध्यक्ष दिपक राज जोशी लाई विजय गराउन प्रमुख भूमिका निर्वाह गरेका मनिषले टोखा भगवती क्लबकालाई “ बी”डिभिजन सम्म पुरायउनका लागि निरन्तर खेलकुदको क्षेत्रमा क्रियाशील रहँदै आईरहेका छन् ।

