• TOKHA LIVE

    • १० फाल्गुन २०७७, सोमबार २२:०३

    “ यो सॉगीतिक क्षेत्र कसैको लागि मोज मस्ती गर्ने थलो हैन” – दि एक्स ब्यान्ड गायक शिव मुखिया

    युवा ढुकढुकी माझ अत्यन्तै लोकप्रिय दि एक्स ब्यान्डका गायक एवं गीतकार तथा संगीतकार शिव मुखियासंग टोखा लाइभ डटकमका लागि हाम्रो अतिथि सम्पादक ओम शंकर श्रेष्ठले लिनु भएको अन्तर्वार्ता ।

    १. आफ्नो संक्षिप्त चिनारी सहित आफुले गीत गाउन सक्छुं भन्ने भावना पलाएको कुनै घटनाको स्मरण सुनाउनुहोस् ।

    • मेरो मञ्चको परिचित नाम चाँहि “शिव मुखिया” हो तर नेपाली नागरिकताको आधारमा मेरो नाम “शिव सुनुवार” हो । सुनुवारलाई हाम्रो भाषामा “कोँइच” भनिन्छ । मेरो जन्म “वल्लो किराती” समुदायमा भएको हुनाले “मुखिया” लेखाउन पाउने हाम्रो जन्मसिद्ध अधिकार भएको कारण मैले यो पदिय उपनामलाई छानेको हँु । अनि कुरा आयो मैले गित गाउन सक्छु भत्रे भावना पलाएको घटनाको स्मरण सम्बन्धी… त्यो चाँहि अहिलेसम्मपनि मलाई गित गाउन सक्छु जस्तो लाग्दैन तर म कोशिस भने गर्दैछु ।

    २. ‘ देखे तिमीलाई हिजो है राति सपनीमा , विपनीमा भेटेको थिएं डाँडा पारीमा ….’ बोलको गीत कुनै समय टेलिभिजनमा नबजेको दिनै हुन्दैन थियो । यसको गीत लेखन , कम्पोज देखि म्युजिक भिडियो सम्मको कहानी भन्नुस् न ।

    • ​खाँट्टी कुरा भत्रुपर्दा म गितकार चाँहि पक्कैपनि हैन तर कहिले काँहि मलाई भत्र मन लागेको कुराहरुलाई शब्द मार्फत ब्यक्त गर्ने कोशिस गर्छु । त्यसैको उपज हो यो “चिया बारीमा” बोलको रचना । मलाई जहिलेपनि मेरो सामाजिक परिवेश, आफुले देखेको वातावरण, आफुले भोगेका भोगाईहरुलाई रचनामा समावेश गर्न मन लाग्छ । त्यहि भएर मैले दार्जिलीङ्ग घुम्न जाँदा देखेका र भोगेका भोगाईहरु समावेश गरेर शब्दहरुमा उनेको एउटा मालाको रुपमा यो “चिया बारीमा” बोलको रचनाको जन्म भयो । बास्तवमा यो गित मैले मेरो साथीको लागि लयबद्ध गरेको थिएँ । तर साथीले यो गित नगाई दिएको हुनाले बाध्य भएर म आपैmले नै गाउनु परेको हो । म्युजिक भिडियो बनाउनु पर्दाको कथा त सा¥है लामो छ । एउटा चलचित्र नै बत्र सक्छ । छोटकरीमा भत्रुपर्दा आर्थिक, मानसिक तथा शाररिक रुपमा धेरै दुःख सास्ती खाएर बनाइएको म्युजिक भिडियो हो यो ।

    ३. हुन त तपाईका सबै गीत त्यतिकै मेलोडियस छन् , अझ त्यसमाथि पनि ‘ एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म, माया कागजमा हुन्न नि , यो दुई आत्माको मेल हो …. ’ अत्यन्तै लोकप्रिय गीत न्युरोडको एउटा वरन्डाबाट टेलिभिजन मार्फत लाईभ प्रस्तुत गर्नु भएको थियो । त्यसबेलाको तयारी र दर्शकको प्रतिक्रियायाबारे बताउनु होस् ।

    •​यस गीतको म्युजिक भिडियो बनाउन बास्तव मै हामीलाई निकै चुनौतिपूर्ण कदम मार्पmत गुज्रिनु परेको थियो । न्युरोड जस्तो सदा ब्यस्त रहने स्थानमा हामीले केवल हाम्रो प्राविधिक, प्रहरी प्रशासन र घर मालिकलाई बाहेक अरु कसैलाईपनि थाहा नदिएर, एकैसाथ पाँच थान क्यामेराहरुलाई परिचालित गर्दै अचानक एउटा कार्यक्रम गरेको शैलीमा यसको म्युजिक भिडियोलाई तयार गरेका थियौं । बिशेष गरेर दर्शकहरुलाई शंका समेत हुन दिएनौं । सम्पुर्ण उपस्थित दर्शकहरुले अचम्मका साथै खुलेर भरपुर मनोरन्जन गर्नुभयो । यदि त्यहाँ उपस्थित हुनु भएका दर्शक दिर्घाले म्युजिक भिडियो बनाइँदै गरेको कुरा थाहा पाउनु भएको भए उहाँहरुले निश्चित रुपमा अभिनय गर्नुहुन्थ्यो तर हामीलाई यान्त्रिक हैनकि स्वाभाविक भाव चाहिएको थियो र हामीले पायौं पनि त्यसैले त्यो भिडियोमा भएको हरेक क्रियाकलापहरुलाई दर्शक महानुभावहरुले अत्याधिक मन पराई दिनुभयो ।

    ४. शिव मुखिया बिचमा केहि समय संगीत क्षेत्रबाट हराउनु भयो वा सुस्ताउनु भयो भनी फ्यानहरुले खोजेको खोज्यै गर्थे रे ! केहि समय रचना बन्दै गर्नुभएको हो र ? हो भने किन होला ?

    •​हाम्रो ब्याण्डको पछिल्लो सांगेतिक रचना “भडास” पश्चात केहि समयको लागि मैले बिश्राम लिएको चाँहि हो तर हराएको भने पक्कै पनि हैन । त्यत्तिबेला म “ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडी)” जुन सुकेधारामा रहेकोछ, त्यहाँ म चलचित्र सम्बन्धी स्नातक तहको अध्ययन गर्दै थिएँ । लगभग मैले चार बर्ष जतिको समय चलचित्र सम्बन्धीको अध्ययनलाई दिएको थिएँ । अहिले त्यो सकेर म पुनः साँगेतिक माहौलमा नै फर्किसकेको छुं ।

    ५. अब तपाईंको दि एक्स ब्यान्डको स्थापना देखि ब्यान्डका सदस्यहरुबारे संक्षिप्त जानकारी दिनुहोस् ।

    •आधिकारिक रुपमा हाम्रो ब्याण्डको स्थापना बि.सं. १९९३ सालमा भएको हो । शुरुवात गर्दा छ सदस्यीय ब्याण्ड थियो तर अहिले भने हामी तिन सदस्यीयमा सिमित हुन पुगेकाछौं । जुन यस प्रकार रहेकोछ । ड्रम बादक सुरेन्द्र श्रेष्ठ गितार बादक सजल राजभण्डारी र म सहितको हाम्रो तिन सदस्यीय ब्याण्ड हो । स्थापनाकाल देखि आजको मितिसम्म सुरेन्द्र र म चाँहि निरन्तर रुपमा छौं र सजल राजभण्डारीले हामीसँग यात्रा गरेको दश बर्ष पुरा भएर एघार बर्षमा प्रवेश गरेकोछ ।

    ६. अहिले सम्म कतिवटा एल्वम र कूल कतिवटा गीत गाउनुभयो , ति मध्ये निकै चित्त बुझ्ने गीतहरुबारे बताउनुहोस् ।

    • ​अहिलेसम्म जम्मा छ वटा एल्वम मात्रै निकाल्न सफल भएकाछौं । १. फर्केर हेर्दा २. माझी दाई ३. अ डिकेड (एक दशक) ४. भेरि बेस्ट अफ दि एक्स ५. कम्म सक ६. भडास हुन् । तर यो अर्को झुण्डीएर आएको प्रश्नको उत्तर भने निकै कठिन बिषय हो । किनकी एउटा अविभावकलाई धेरै सन्तान मध्येमा कुन सन्तान राम्रो लाग्छ भत्रे प्रश्नको अर्को रुपमा सोधिएको प्रश्न हो यो । आफ्नो गीतहरु जस्तै भएपनि आफुलाई राम्रो नै लाग्दो रहेछ । त्यसैले माफ गर्नुहोला यसको उत्तर चाँहि दिन म असमर्थ भएँ ।

    ७. तपाईको परिवार र आफ्नो केहि अनौठो शौख वा स्वभाब बारे केहि बताउनुहोस् ।

    • ​मेरो परिवार संख्यात्मक हिसाबले हामी जम्मा छ सदस्य सहितको परिवार छौं । जसमा मेरो बुवा, आमा, मेरी श्रीमति, ठुलो छोरी, सानो छोरा र म । मेरो अनौठो शौखको बारेमा भत्रुपर्दा, कुनैपनि प्राणी वा पशुपंक्षीले प्रजनन् गरेको हेर्ने अनौठो शौख छ । त्यसवेला उनीहरुको प्रसव पिडाको अवस्था र जन्माई सकेपछिको माया कस्तो हुन्छ होला भत्रे कुराको कौतुहलता लाग्छ । शायद त्यो प्रकृयापनि एउटा सृजना गर्ने नै भएकोले पो हो कि ।

    ८. तपाईको गेटअप हेर्दा अलि फाइटर एवं रफटफ देखिन्छ तर वास्तवमा तपाई निकै दयालु र भावुक स्वभाबको धनी हुनुहुन्छ भन्ने सुनेको छुं । जीवनमा पहिलो पटक भेटेकाहरु आश्चर्यमा परेका घटनाहरु छन् ?

    •​मेरो बारेमा धेरै जसो मानिसहरुको सोँचाई तपाँईंले सुत्रु भएको जस्तै पाएकोछुँ तर म भावनामा बग्ने मानिस हुँ । म कसैलाई पनि एकदम चाँडो बिश्वास गरि हाल्छु र छिट्टै पग्लिन्छु अनि भावनामा डुबी हाल्छु । म प्रायः भावनामा डुबेर एउटा छुट्टै संसारको निर्माण गर्छु । जुन मेरो भावनाको अलग्गै संसारमा मेरो आफ्नै किसिमका नियमहरु लागु हुन्छ । मेरो आवरण चाँहि म यहि लगाउँछु भनेर कहिलेपनि रोज्दीन । मौसम अनुसारको लगाउने गर्छु तर मलाई कालो र निलो रङ्ग चाँहि मनपर्छ । पाश्चात्य संगित अनि रक एण्ड रोल म्युजिक भत्रे बित्तिकै मानिसहरुको सोँचमा सेक्स, ड्रग्स र अल्कोहल भत्रे आउँछ तर हाम्रो ब्याण्डको पुरा सदस्यहरु नै त्यसको ठ्याक्कै बिपरित छन् । एक पटक शैलेन्द्र सिंखडा दाजुसँग हेटौंडाको कार्यक्रममा जाँदा हामीले पस्तुत गरको “सिमाना” बोलको गित सुनेर अचम्म मात्रु भएको चाँहि म भुल्न सक्दिन । उहाँले भत्र भएको थियो कि, मैले भाईहरुलाई देख्दा जुन छुटै किसिमको धारणा बनाएको थिएँ तर वास्तविकतामा त अर्कै पाएँ । हाम्रो समाजमा अभैmपनि बाहिरी आवरणलाई हेरेर मानिसको स्वाभावको निर्धारण गर्ने प्रचलन छ तर त्यो वास्तवमै गलत हो ।

    ९. ‘ सिमाना ’ शिर्षकको गीतले त राजनीतिक वृत्तमा पनि तहल्का मच्चाएको थियो रे , हैन र ? यो गीत प्रशारणमा कहिं कतैबाट दवाव त आएन । यस गीतको निर्माणबारे बताउनुहोस् ।

    •हलचल भत्राले त्यस्तो भयंकर नै भएको त हैन तरपनि निश्चित खेमाका मानिसहरुको मनमा एक प्रकारको ढ्याङ्ग्रो चाँहि पक्कैपनि बजेकै हो । किनकी हाम्रो समाज र देश भनेको सत्य कुरालाई पचाउन नसक्ने मानिसहरुले भरिएको एउटा रङ्गमञ्च हो । जहाँ यथास्थितिवादी र जडसुत्रवादीले मात्रै आफ्नो खोक्रो आदर्शले भरिएको नक्कली नाटक मञ्चन गर्ने गर्दछ । त्यस्ता मानिसहरुको मुटुमा नराम्रोसँग ढ्याङ्ग्रो बजेको थियो किनकी त्यो भावी सन्ततिको लागि एउटा सत्यको सन्देश थियो र खोजको बिषय पनि । दवाब त धेरै नै आएको हो । कतिपय कार्यक्रमहरुमा “सिमाना” गित गाउन दिईएनन् । मैले यात्रा गर्ने क्रममा देखेको र भोगेको भावनाहरुलाई नै गितको माध्यमद्धारा ब्यक्त गरेको हँु । यो गित मैले माओवादी द्धन्दकालमै लेखि सकेको थिएँ तर त्यत्तिबेलामा हामीले रेकर्डिङ्ग गरेको भए झन अर्को लाञ्छना आई लाग्थ्यो । तत्कालिन राज्य ब्यवस्थाले हामीलाई माओवादी ब्याण्ड समेत भत्र पछि पर्दैनथ्यो होला । त्यसैले द्धन्दकालको समाप्ती पश्चात मात्रै रेकर्डिङ्ग गरेका हौं । सत्यको चाल ढिलो होला तर दिगो हुने करामा म बिश्वास गर्छु र यो गितको पनि मनोदशा उस्तै भयो ।

    १०. तपाईं आपैmलाई पनि केहि गायक , गायिका , गीतकार र संगीतकार विशेष रुपमा मनपर्छ होला , क्रमशः नाम बताइ दिनुहोस् ।

    • मलाई मन पर्ने गायक, गायिका, गितकार तथा संगीतकारहरु धेरै नै छन् । नाम लिंदा यो अन्तरवार्ता एउटा महाकाब्यको पाना जस्तो हुन्छ । किनकी हरेक ब्यक्तित्वको आफ्नै किसिमको शैलि हुन्छ र शायद त्यो नै एउटा सर्जकको पहिचान पनि हो । म ब्यक्तिगत रुपमा कसैलाई कसैसँग म तुलना गर्नै सक्दिन र गर्नुपनि हुँदैन भत्रे मान्यता राख्छु । कला, संगीत र साहित्य भनेको एउटा सृर्जना गर्ने क्षमता बोकेको संवेदनशील कला हो, नकि कुनै होडबाजीको प्रकृया अथवा भनौं कुनै प्रकारको प्रतियोगिता वा तहगत वर्गीकरण गर्नु मिल्ने पदीय कार्य बिभाजन । हरेकको आ–आफ्नै मानक हुन्छ । त्यसैले मेरो लागि सबै सर्जकहरु बराबर हुनुहुन्छ र मेरो लागि सम्पुर्ण सर्जकहरु एक नम्बरमा पर्नुहुन्छ ।

    ११. ब्यान्ड भित्र कहिलेकाहिं विवाद र मनमुटाव देखिनु स्वाभाविकै हो , तपाईंहरुले पनि यो समस्या भोग्नु भएको छ ? यदि छ भने कसरी तालमेल मिलाउने गर्नुभएको छ ?

    • मन मुटाव भत्रे कुरा त्यहाँ हुन्छ जहाँ स्वार्थ लुकेको हुन्छ । ब्याण्ड तब बन्छ जब सम्पुर्ण सदस्यको भिन्दा भिन्दै सोच मिलेर एउटा सिङ्गो टाउकोको निर्माण हुन्छ । यो एउटा कुनैपनि दिर्घ कालसम्म चल्ने समुहको सिदान्त नै हो । तर तपाँईंले भत्रु भएको जस्तै मन मुटाव देखिनुको कारण चाँहि हाम्रो समाजको निर्माण प्रकृया नै त्यस्तै स्वार्थपूर्ण तरिकाबाट प्रारम्भ भएकोले गर्दा हरेक मानिसमा स्वार्थ अन्तरनिहित हुन्छ । तर मेरो ब्याण्डको सवालमा चाँहि ब्याण्ड भन्दा पहिले मित्रता आउँछ अनि दोश्रोमा ब्याण्ड आउँछ शायद त्यसैले नै अहिलेसम्म जोगाई राखेको होला । तर मैले यो कुरा भनि रहँदा हामी बिच बहसहरु चाँहि भई नै रहन्छ केवल संगीतको मामलामा अन्य बिषयमा हामी जिद्धी वा भनौं बालहठ चाँहि गर्दैनौं ।

    १२. देशमा गायक गायिका र ब्यान्डको भविष्यलाई कसरी हेर्नुहुन्छ ?

    • हामीले सधैं राम्रो समय अनि असल कुराको आश गर्नुपर्छ र राम्रो समय निरन्तर रुपमा आउँदै गरेको पनि मैले देखेकोछु । हिजोको समयले आजको समय आएको हो र आजको समयले भोलिलाई निर्धारण गर्छ । त्यसैले हामीले आजलाई बुझ्न हिजोको इतिहासमा भएको गतिशिलतालाई अध्ययन गर्नुपर्छ ।

    हाम्रो इतिहासको गति कस्तो थियो ? त्यो बुझ्यौं भने आजलाई बुझ्न सक्छौं । हिजोको समयमा हाम्रो पुर्खाले राम्रो शिक्षाको अवसर पाएको भए आज सारा देश नै शिक्षित हुने थियो । शिक्षित भैदिएको भए अरुको कुल्ली बनेर वा झोले बनेर बस्नु पर्दैन थियो अर्थात जसले जे जे भन्यो त्यसैलाई बिश्वास गरेर बस्नु पर्दैन थियो । हिजोको समयमा सिमित बर्गले मात्रै पढ्ने अवसर पाउँथ्यो । तर आजको समय फरक छ । शिक्षामा स्वतन्त्रता छ । अहिलेको मानिसहरु धेरै नै शिक्षित भैसकेको अवस्था छ । त्यसैले राम्रो के हो ? नराम्रो के हो आपैmले नै छुट्टाउन सक्ने भएको छ । हिजो कलालाई मुठ्ठीभरको निरकुंशक शासक बर्गले आफ्नो मनोरञ्जनको साधन सम्झेर बन्दी बनाई थुनेर राखेका थिए तर आज समयले कोल्टे फेरि सकेको छ । हिजोको दिनमा छोरी मान्छेलाई नाच गानमा रोक लगाईन्थ्यो । छोरी मान्छेको आवरण लगाएर छोरा मान्छेलाई मारुनी बनाएर नाच्न लगाईन्थ्यो तर आज त्यो त एउटा अदभुत कला हो भत्रे ज्ञान सर्वसाधारणलाई भैसकेको छ । त्यसैले अहिले सम्भ्रान्त परिवारबाट नै आफ्नो छोरीहरुलाई नाच गानमा तालिम लिन पठाउने प्रचलन बढिसक्यो । हिजोका दिनमा गायकी र बाद्य बादन कलालाई गाईने भनेर कथित समाजले तल्लो दर्जामा राखेर हेर्ने गथ्र्यो तर आज मान सम्मानका साथै प्रसिद्धी पाउने र आर्थिक रुपमा पनि सम्पत्र हुने माध्यम भनेर जानी सकेको कारणले अहिले प्रतिस्पर्धाको रुपमा अगाडि बढि रहेको देख्न सकिन्छ । कलाले अब बजार पाई सकेको अवस्था छ । यो ब्यापारको रुपमा बजारमुखि बनि सकेकोछ । पेशाकै रुपमा अंगाल्नपनि सकिन्छ । अहिले त झन त्रिभुवन विश्वविद्यालयले समेत यसलाई शिक्षाको रुपमा स्विकार गरि सकेको हुनाले यसको भविष्य एकदम उज्वल देख्छु ।

    १३. तपाईंहरुले कन्सर्ट दिइ रहुनभएको बेला अनन्य प्रशंसकहरुबाट भएका केहि अनौठा र अविस्मरणीय घटनाहरुबताउनुहोस् ?

    • तपाईंले भन्नु भएको जस्तो घटनाहरु त धेरै नै छन् तर मलाई एउटा घटना चाँहि प्रायः याद आउँछ । पुर्बको टरहरा भत्रे ठाउँमा स्थानिय वासीहरुको सुविधाको लागि एम्बुलेन्स कित्रे सर्तमा हामीले सहयोगार्थ कार्यक्रम गर्न गएका थियौं । त्यहाँ हाम्रो शुभचिन्तकहरु अत्याधिक रहेछ । गर्मीको समय थियो । त्यसैले मैले हाफ पाईन्ट लगाएर स्टेजमा गएको थिएँ । ठेलमठेल गर्दै कार्यक्रम हर्नेहरुको घुँईंचो अत्याधिक थियो । स्टेजको सबैभन्दा अगाडि एकजना भाई बसेर हेर्दै थियो । अचानक त्यो भाईले गोजीबाट “एक्स ईफेक्ट” नामक परफ्युम झिकेर स्टेजको अगाडि बसेर मेरो हाफ पाईन्टको मुनिबाट त्यो परफ्युम नसक्किएसम्म स्प्रे गरेको गरेकै थियो । अनि मलाई भने चिसो भएर गितै बिर्सेला जस्तो भैसकेको थियो । गितको पहिलो स्थाई पनि सकियो उस्को परफ्युम पनि सकियो । दर्शकहरु आधा हाँस्ने आधा नाच्ने भएको त्यो समय अभैmपनि सम्झींदा हाँस्न मन लाग्छ ।

    १४. तपाई अभिनेता लेखक एवं निर्देशक पनि हुनुहुँदो रहेछ , अभिनय यात्राबारे छोटो जानकारी दिनुहोस् ।

    • म खासै तालिम प्राप्त र पोख्त अभिनेता चाँहि हैन । रहरले ओतप्रोत भएको एउटा सिकारु अभिनेता चाँहि पक्कैपनि हुँ । मैले पछिल्लो समयमा चलचित्र सम्बन्धी त्रिभुवन विश्वविद्यालय अन्तरगतको ओस्कार ईन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडी) मा स्नातक तह उतिर्ण गरेको हुँ । मलाई मेरो मनको धेरै भावनाहरु र मैले जिवनमा भोगेका धेरै भोगाईहरुलाई म मेरो शैलीमा अभिब्यक्त गर्न चाहन्छु । म मेरो समाजको कथा भत्र चाहान्छु र जुन मैले संगीत मार्पmत चलचित्रमा जस्तो अभिब्यक्त गर्न असमर्थ छु । त्यसैले मैले फिल्म कलेज पढ्ने निधो गरेको हुँ । आजसम्म मैले १५÷१६ वटा जति लघु चलचित्र तथा एउटा मेरो आफ्नो भाषा “कोँइच लो” अर्थात “सुनुवार भाषा”को कथानक चलचित्र “ग्वाँइदा”को लेखन तथा निर्देशन गरेकोछु । जसमा ९९ प्रतिशत कलाकारहरु त्यहि गाउँको स्थानियवासीहरु नै हुनुहुन्छ । यो अन्तरवार्ता दिई रहेको समयमा अहिले म उक्त चलचित्रको डबिङ्गमा ब्यस्त छु । मेरो अभिनयको कुरा गर्नुपर्दा मैले आजको मितिसम्ममा जम्मा दुईटा चलचित्रमा अभिनय गरेकोछु । अमित श्रेष्ठ द्धारा निर्देशित चलचित्र “नाका” र भिषण राई द्धारा निर्देशित पुरानो “बुलेट”। मैले फिल्म कलेज पढ्दा कलेजको प्रोजेक्ट गर्दा साथीले साथीको चलचित्रमा जबर जस्ती जानी नजानी खेल्नै पर्ने अनि मन भएपनि नभएपनि अभिनय गर्नै पर्ने भएकोले अभिनय गरियो र बिस्तारै रहरको रुपमा परिणत हँुदै गएको मात्रै हो । तर मलाई आफ्नो अभिनय हेर्दा आपैmलाई कता कता लाज लागेर आउँछ अनि काउकुति लागेर आउँछ ।

    १५. संगीत क्षेत्रमा तपाईले भोगिरहनु परेको समस्या र विसंगतिहरु औंल्याइ दिनुहोस् ।

    • नेपालको संगीत क्षेत्रमा नढाँटी भत्रुपर्दा म चाँहि आर्थिक समस्या मात्रै अधिक देख्छु । किनकी हाम्रो संगीतकला भनेको मनोरञ्जनको क्षेत्र हो । मनोरञ्जन भनेको आधारभुत आवश्यकताको परिपुर्ति भैसके पश्चात मात्रै आउने क्षेत्र हो । हाम्रो देश भनेको पाँच प्रतिशतले ढलीमली गर्ने अखडा हो । जुन कालो बजारी र भ्रष्ट्राचारीको संख्या हो । कालो बजारी र भ्रष्ट्राचारीहरुलाई कलासँग कुनै सम्बन्ध नै हुँदैन र उनिहरुमा कुनै भावना नै हुँदैन । हामी सबैले देखेकै कुरा हो र संसारभर हुने कुरा हो जोसँग आर्थिक शक्ति हुन्छ उसैसँग राज्यको शक्ति हुन्छ र उनिहरुले न त राष्ट्रलाई समृद्ध भएको हेर्न चाहन्छन् न त जनताको आधारभुत आवश्यकता परिपुर्ति भएको हेर्न चाहन्छन् । समस्या भनेकै यहाँनिर छ । भोको पेटले मनोरञ्जन गर्न सक्दैन र भोको पेटको संख्या अधिक छ । कलाकार वा सर्जकलाई जति धेरैले मनोरञ्जनमा भाग लिइयो त्यत्ति नै फाईदा हुने हो । अब मैले देखेको अर्को बिसंगति भनेको चाँहि हाम्रो संगीतको संस्कार छैन र घराना छैन । हामी सबैजना भुँई फुटुवा कलाकार मात्रै हौं । त्यसैले कसैलेपनि घमण्ड नगर्दा हुन्छ । “तँ भन्दा म धेरै जात्रे र एकले अर्कोको खुट्टा तात्रे” नेपाली संस्कारको बर्तमान तस्बिर नै यहि हो र बिसंगति पनि यहि नै हो । यदि म गलत रहेछु भने मलाई सच्चाई दिनुहोला ।

    १६. सेलेव्रटी भइसकेपछि मौलिक स्वतन्त्रतामा के कति असर परेको महशुस गर्नुभएको छ ?

    • अलिकति त फरक पर्छ नै तर मैले आफुले आफुलाई कहिलेपनि सेलेब्रेटीको रुपमा सम्झिन र हेर्न चाहत्र । म पनि अरु जस्तै आकार प्रकार भएको साधारण मानव मात्र हुँ । म केवल यति कुरामा फरक हुन सकँुला कि मेरो भावनाहरुलाई म सकेसम्म ब्यक्त गर्न चाहान्छु र त्यो बाटोमा हिंड्दैछु । मलाई कसले के भन्छन् भत्रे कुरासँग म कुनै सरोकार राख्दिन । मैले पाँच तारे होटलदेखि साधारण फुटपाथको चिया पसलसम्मको जिवन देखेकोछु र अनुभव समेत गरेकोछु । मेरो काम भनेको मैले जानेसम्म र सकेसम्मको सिर्जना गर्ने हो, त्यो म गर्छु । म जहिलेपनि सृजना गर्दा स्वतन्त्र भएको अनुभव गर्छु । शायद त्यसैले होला म आफुले आपैmलाई सधैं स्वतन्त्र नै पाउँछु ।

    १७. संगीत क्षेत्रमा ओर्लन चाहने भावी पिंढीलाई के सन्देश र सल्लाह दिनुहुन्छ ?

    • यदि यो क्षेत्रमा कुनै संकट आएको खण्डमा समेत म संगीत क्षेत्रलाई छोड्ने छैन र अटल भएर लाग्न सक्छु भत्रे मनमा अठोट छ भने यो क्षेत्रमा आउँदा हुन्छ तर म भयंकर धन सम्पत्ति कमाउँछु , यश आरामको जिन्दगी बिताउँछु भत्रे सोँच छ भने चाँहि कुनै एउटा राम्रो ब्यापारमा लाग्दा राम्रो हुन्छ । कालान्तरमा गएर छोड्नु प¥यो भने समयको मात्रै हैन धेरै कुराको हानी हुन्छ । त्यसै पनि हाम्रो जिवनको समय कम हुन्छ । त्यसैले यो क्षेत्रमा आउनुभन्दा पहिले धेरै पटक सोँच बिचार गरेर मात्रै हामफाल्नु राम्रो होला ।

    १८. तपाई अचेल छोरीसंगै मास्टर्स डिग्री गरिरहनु भएको सुन्छुं , कस्तो लाग्छ अलि ढिलो पढाई सुचारु गर्दा ?

    • मलाई लाग्छ हामीले ज्ञान लिनको लागि कहिलेपनि ढिलो चाँडो भत्रे कुरा नै गलत हो । म अहिले मात्रै हैन पहिलेदेखि नै कुनै न कुनै बिषयमा ज्ञान लिई रहेको हुन्छु । फेरि झन अहिले त म बर्तमान पुस्तासँग अध्ययन गर्दैछु । म त आफुले आफुलाई एकदमै भाग्यमानी पो सम्झीन्छु । मैले मेरो पुस्ता मात्रै हैन अर्को पुस्ताको समेत मनोबिज्ञानको अध्ययन गर्ने मौका पाएकोछु । मैले आफुलाई झन युवा हुँ भत्रे आभाष भएको पाएकोछु । मैले भ्याएसम्म म सधैं बिद्यार्थी भएर बाँच्ने ईच्छा छ । त्यसैले म कुनैपनि कुरालाई ढिलो भएको मान्दिन ।

    १९. सरकारले गीत संगीतको जगेर्ना गर्न के कस्ता पाइला चाल्नुपर्छ होला ?

    • सरकारले गर्नुपर्ने कराहरु केहिपनि शुरु नै भएको छैन । सर्वप्रथम त सरकारले कला भनेको के हो भत्रे कुराको शिक्षानीति प्राथमिक तहदेखि नै शुरु गर्नुपर्छ अनि मात्रै राज्य चलाउने भोलिको पुस्ताले कलाको बारेमा बुझ्नेछ । अनि मात्रै के गर्नुपर्छ कसो गर्नुपर्छ भत्रे कुराको निर्धारण हुन्छ । अहिले हामीले जत्तिसुकै कुरा गरेपनि बालुवामा पानी हालेको बराबर हुन्छ । कला, दर्शन, साहित्य बुझ्ने क्षमता भएको मानवमा भावनाको बिकास हुन्छ । भावनाको बिकास भएपछि एउटा सुन्दर संसारको कल्पना गर्नसक्ने क्षमताको बिकास हुन्छ र यसले नै समाजलाई कल्पना गरेको जस्तो सुन्दर बनाउने तर्पm अग्रसर गराउँछ । त्यसैले सरकारले राजनैतिक पार्टीगत शिक्षा हैन ब्यवहारिक शिक्षाको निति अँगाल्नुपर्छ । त्यसो गर्दा संगीत क्षेत्र मात्र हैनकि हरेक क्षेत्र नै राम्रो हुन्छ ।

    २०. यो क्षेत्र वास्तवमा सबैभन्दा शोषित कहाँ वा को बाट भइरहेको जस्तो लाग्छ ?

    ​• यो क्षेत्र एउटा संवेदनशील क्षेत्र हो जहाँ भावनात्मक सम्बन्धको बिकास भएको हुन्छ । यो भावनाद्धारा कलात्मक शैलीमा सृजना गर्ने कलाको क्षेत्र हो । तर यसलाई ब्यापारको बिषय बनाई वस्तुकरण गरिंदैछ । पहिलो शोषणको चित्र यहाँ देखिन्छ । एउटा सृजना गर्ने सर्जकलाई उसको सृजनामा जब अंकुश लगाई ब्यापारको बिषय बनाईन्छ त्यहाँ अवश्य पनि शोषण हुन्छ । त्यो शोषित सर्जकलाई अनेकौं प्रलोभनमा पारेर बाध्यात्मक वातावरणको अवस्था सृजना हुन्छ शोषण त्यहाँ हुन्छ । किनकी एउटा बिशुद्ध सृजना गर्ने स्वतन्त्र कलाकार वा सर्जक अब बजारमुखी बनि दिन्छ । कलाको शोषण त्यहाँ हुन्छ । राज्यको त म कुरै गर्दिन । उसलाई त आफ्नो सत्ताको भक्त जन्माउनु न छ । कलाको शोषण हाम्रो शिक्षानीति देखि नै शरु हुन्छ ।

    २१. आफ्ना प्रशंसकहरुलाई के सन्देश छोड्नु हुन्छ ?

    • ​कुनैपनि सर्जकको हरेक सृजना असल नै हुन्छ, सफल नै हुन्छ र हुनैपर्छ भत्रे हुँदैन । त्यसैले आफुले मन पराएको कलाकार वा कुनैपनि सर्जकहरुलाई एउटा असल शुभचिन्तकको नाताले सकारात्मक सल्लाहद्धारा हौसला प्रदान गर्नुहोस् तर गाली बेईज्जती हैन । कलाकार पनि हाम्रै समाजबाट नै जन्मिएको एक सदस्य हो र हाम्रो समाजको संरचना अनुुसार उसले पनि समाजको लागि आफ्नो दायित्व बहन गरेको हुन्छ । हाम्रो शरिरको कुनैपनि अङ्ग अलिकति बिमार भयो भन्दैमा त्यो अङ्गलाई काटेर फालि नै हाल्न मिल्दैन बरु राम्रो उपचार गरेर दुरुस्त बनाउनुपर्छ । त्यसैले हरेक कलाकारको तपस्या, उसले कलाको लागि खर्चेको उसको जिवनको समय र उसले गरेका प्रयासहरुलाई मुल्याङ्कन गरि दिनुहोस् ।

    २२ अचेल कुन गीत संगीत कार्यमा व्यस्त हुनुहुन्छ ?

    • अचेल म चलचित्रको गीत संगीत र आफ्नो ब्याण्डको नयाँ गीतहरुको सृजनामा ब्यस्त हुनुको साथ साथै नयाँ चलचित्रको पटकथा लेखनमा समेत समय खर्चि रहेकोछु ।

    २३ अझै केहि भन्न मनलागेको वा भन्न छुटेजस्तो केहि छ भने भन्नुहोस् ।

    • हामीले पाएको यो जिवन एकदम अमुल्य छ तर हामीसँग समय एकदमै थोरैछ । बाल्यवस्थाको समय हामीलाई थाहै नपाई जान्छ । त्यस पश्चात हामी धेरै बर्ष ज्ञान आर्जन गर्नमा बिताउँछौ । फेरि काम, धनसम्पत्ति आर्जन, दाम्पत्य जिवन, बाल बच्चाको स्याहार सुसार भन्दाभन्दै अमुल्य जिवनको अधिक समय बिति सकेको हुन्छ । हाम्रो जिवनको आधा समय त हामीले सुतेरै बिताउँछौ । सुखले सानो सानो रुप लिएर आएको हुन्छ । त्यसलाई चिनेर खुसि हुने कोशिस गरौं । सबैसँग राम्रो र असल सम्बन्ध बनाऔं । यो अमुल्य जिवनमा आफुलाई गर्न मन लागेको ईच्छाहरुलाई मनमै दबाएर कुण्ठीत जिवन नबिताऔं । त्यसैले भोलिको लागि हैन आज नै बाचौं । यो धर्तीलाई छोड्नु भन्दा अगाडि केहि यादगार क्षण र यादगार कृतिहरु छोडेर जाऔं । यस लोकको यात्रा त धेरैले गर्छन तर बाँच्ने मानिसहरुले थोरैलाई मात्र याद गर्छन । त्यसैले सकेसम्म ति थोरै मानिसहरु मध्येमा पर्ने कोशिस गरौं । त्यो सम्भव भएन भने कम से कम कसैको पनि चित्त नदुखाई खुशि र सुखि भएर बाचौं ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै