• TOKHA LIVE

    • २१ पुष २०७७, मंगलवार १६:२७

    “मिस बुढानिलकण्ठ ” प्रतियोगिता हुने:-

    टाेखा लाइभ / पुस १९,२०७७

    बुढानिलकण्ठ नगरपालिका वडा न.७ मा अवस्थित “मयुर इभेन्ट म्यानेजमेन्ट प्रा.लि.” को आयोजनामा ” मिस बुढानिलकण्ठ ” को प्रतियोगिता कार्यक्रम हुने भएको छ । हाल कार्यक्रम आयोजनाको लागि आवश्यक परामर्श र औपचारिक तयारी सुरु गरिएको छ । कोभिड -१९ को संक्रमण र यसको कारण उत्पन्न समस्या समाधान हुनासाथ प्रतियोगिता सुरु गरिने बारे यसै कम्पनीका प्रोग्राम कोअर्डिनेटर विपिन महर्जनले जानकारी दिएका छन ।

    साथै यो बुढानिलकण्ठ नगरपालिका र उत्तरी भेगमै आयोजना गर्न लागिएको पहिलो एवम ऐतिहासिक ब्युटी प्याजेन्ट कार्यक्रम भएकोले यसमा उत्साह र चुनौती दुबै हुने बताउनुहुँदै हाँले यो कार्यक्रम सन् २०२१ भित्र नै सम्पन्न गरिसक्ने गरि तयारी सुरु गरिएको र अब छिट्टै नै औपचारिक रुपमा प्रेस सम्मेलन समेत गरिने जानकारी गराएका छन ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै