नेवा: देय् दबू, बुढानीलकण्ठ नगर समितिद्वारा नेपाल संवत् ११४७ को स्वागत गरिएको छ।
सो -याली बूढानीलकण्ठ -२, तरकारी बजारबाट नगर प्रमुख तथा उपप्रमुख एवं थकाली मोतिलाल श्रेष्ठद्वारा नेवारी परम्परा अनुसार टिका, कोखा एवं सगुन दिएर आरम्भ गरीएको सो र्याली मोटरसाइकल र्याली सहित लामिछाने टोल, सुन्दरटार, करुणा पुल, स्पेसल चोक, हात्तिगौंडा वडा ७ कार्यालय पान्चोक, हात्तिगौंडा चोक, गणेश चोक हुँदै बूढानीलकण्ठ मन्दिर परिक्रमा गरी पन्चकन्या मार्ग भएर बूढानीलकण्ठ -२, गणेश मन्दिर प्राङ्गण, वासिकुमा पुगी भिंतुना समारोहमा परिणत भएको थियो ।
उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, जेष्ठ नागरिक अभिनन्दन, विविध क्षेत्रमा सफलता एवं योगदान गर्ने वासिकुका व्यक्तित्वहरुलाई सम्मान, फुटसल, ब्याडमिन्टन, डोरी तान्ने खेलहरुमा प्रथम तथा द्वितीय हुने खेलाडीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो।
नेवा: देय् दबू, बूढानीलकण्ठ नगर समितिका अध्यक्ष श्यामकाजी श्रेष्ठको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेवा: देय् दबूका संरक्षक नरेश कुमार ताम्रकार, विशेष अतिथि नगर प्रमुख मिठाराम अधिकारी, विशेष अतिथि उपप्रमुख अनिता लामा, अतिथिमा नेवा: देय् दबूका केन्द्रीय पार्षद प्रदिप डंगोल, नेवा: देय् दबू, उपत्यका विशेष प्रदेश समितिका सदस्य एवं बूढानीलकण्ठ नगर समितिका संरक्षक ब्रम्हदेव श्रेष्ठ, नेवा: देय् दबू काठमाडौँ जिल्ला समितिका सदस्य राजकाजी श्रेष्ठ, वागमती प्रदेश सभाका पुर्व माननीय भीमसेन खत्री, बूढानीलकण्ठ नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १० का अध्यक्ष नवराज भट्टराई, बूढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानका सदस्य राजु तुलाधर, न्हू दँ ११४७ भिंतुना समारोह समितिका संयोजक आशालाल श्रेष्ठ, बूढानीलकण्ठ -२ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ वडा -७ का अध्यक्ष बसनारायण महर्जन, वडा -६ का वडा अध्यक्ष रवि खड्का, बूढानीलकण्ठ-२का वडा सदस्यहरु रामविनोद लामिछाने र पार्वती श्रेष्ठ,वडा -३का सदस्य बालमाया श्रेष्ठ, वडा-६ का सदस्य मुना महर्जन, वासिकु नेवा: पुच:का अध्यक्ष विकास श्रेष्ठ, भुइज:सी नेवा: पुच:का अध्यक्ष हरिश्चन्द्र श्रेष्ठ, अजिमा ल्यायम्ह: पुच:का अध्यक्ष कृष्ण श्रेष्ठ, तक्स्वाँ नेवा: पुच:का अध्यक्ष गंगालाल महर्जन, चपली नेवा: पुच:का अध्यक्ष डा. कृष्णमान जोशी, कार्यविनायक नेवा: पुच:का अध्यक्ष लक्ष्मी श्रेष्ठ, सम्यक स्कूलका प्रिन्सिपल पूर्ण श्रेष्ठ तथा बुढानीलकण्ठ नगरभित्रका विभिन्न स्थानबाट बाजागाजासहित हजारौं व्यक्तित्वहरुको भव्य उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको दोस्रो चरणमा वासिकु नेवा: पुच:, भुइज:सी नेवा: पुच:, अजिमा ल्यायम्ह: पुच:का कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि तथा नेपालको मौलिक राष्ट्रिय सम्बत् प्रयोगमा ल्याउनका लागि विशेष योगदान पुर्याउने आशा गरिएको उक्त कार्यक्रमलाई बुढानीलकण्ठ नगरपालिका वडा नं -२ मार्फत नगरपालिकाले आर्थिक प्रयोजन गरेको थियो ।


