टाेखा लाइभ / पुस ६ काठमाडौं
बुढानिलकण्ठका प्राकृतिक सम्पत्ति दोहन गर्नेलाई नगरप्रमुख उद्दव खरेल र उपप्रमुख रमा राईले नगरपालिकाका विभिन्न स्थानमा भैरहेको प्राकृतिक दोहन र सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने जो सुकै भए पनि नछाड्ने प्रतिवदत्ता व्यक्त गरेका छन।
समाचार लेखेकै भरमा धम्कि दिनेलाई कारवाही,प्राकृतिक दोहन र गैर कानुनी रुपमा संचालन भएका अस्फल्ट प्लान्ट तथा बालुवा वासिंग तत्काल बन्द हुनुपर्ने माग लिएर नगरपालिका पुगेका स्थानीय संचार माध्यमका प्रतिनिधिहरु संग कुरा गर्दै उनीहरुले यस्ता गलत कार्यको विरुद्ध कठोर बन्ने प्रतिवादत्ता व्यक्त गरेका हुन् ।
धम्कि दिनेलाई कारवाही गर्न र प्राकृतिक दोहन तत्काल रोक्न बुढानिलकण्ठका संचार माध्यमहरुले निर्वाद रुपमा भैरहेको प्राकृतिक दोहनका विरुद्धमा कलम चलाउदा भूमाफियाहरु बाट स्थानीय पत्रकार केशव राज पाठकलाई आएको धम्किका वारेमा ध्यानाकर्षण गराउदै त्यस्ता गतिविधिमा रोक लगाउन स्थानीय संचार माध्यमका प्रतिनिधिहरुले नगर प्रमुख उद्दव खरेल र उपप्रमुख रमा राई समक्ष माग राखेको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका स्थानीय संचार माध्यमहरु कपन अनलाइन ,काठमाडौं खबर , बीएसजी न्युज ,एच टिभी खबर र पशुपति टाइम्सका प्रतिनिधिहरुले नगर प्रमुखलाई भेटेर नगरपालिकामा भैरहेको बालुवा,माटो निकासी ,गैरकानुनी रुपमा संचालन भैरहेका बालुवा वासिंग र अस्फल्ट प्लान्ट बन्द गराउन माग गरेका हुन।
बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुले आफु खुसि सिफारिस र अनुमति दिएर बालुवा ,माटो र अन्य सम्पत्ति दुरुपयोग भएका उदाहरण सहित स्थानीय पत्रकार अगस्तु लामा (विकास ) राखेको प्रश्नमा प्रश्नमा प्रमुख खरेलले त्यस्ता गतिविधिको सुचना आफु संग आइपुगेको बताउदै यसका लागि तत्काल अध्ययन गरेर गैर कानुनी काम गर्ने जो सुकै भए पनि कारवाहीको प्रक्रिया अगाडी बढाउने प्रतिवादत्ता व्यक्त गरेका थिए।
नगर प्रमुख निर्वाचित हुनुभन्दा अगाडीका नेता उद्दव खरेल र पछाडीका नगर प्रमुख उद्दव खरेलको सार्वजनिक जग्गा र सम्पत्ति संरक्षण प्रतिको उर्जा,जोश ,सोच र गतिमा किन भिन्नता भन्ने स्थानीय पत्रकार बिजेन्द्र पुडासैनीको प्रश्नमा प्रमुख खरेलले यस विषयमा आफ्नो दृष्टिकोणमा कुनै परिवर्तन नआए पनि विविध प्राविधिक ,कानुनी र प्रक्रियागत समस्याले परिणाम नदेखिएको बताएका थिए।
त्यस्तै नगरपालिकाकी उपप्रमुख रमा राईले नगर प्रमुख र उपपप्रमुख सधै सार्वजनिक र प्राकृतिक सम्पदा र सम्पत्ति संरक्षण गर्न प्रतिवद्ध रहेको भए पनि कर्मचारी,प्रसासनिक प्रक्रिया र स्थलगत निरीक्षण अनुगमन पाएका जिम्मेवार प्रतिनिधिहरुको भूमिकाका कारण सोचे जस्तो परिणाम दिन नसकेको धारणा राखेकी थिइन।
नगरपालिकालाई झुक्काएर वा गुमराहमा राखेर भैरहेका यस्ता गतिविधिहरुलाई सार्वजनिक गर्नुका साथै समयमै प्रभावकरी सुचना प्रदान गर्न संचार माध्यमलाई आग्रह गर्दै नगरपालिकाको भूउपयोग नीति निर्माण र पर्यावरण संरक्षणका लागि सक्रिय भूमिकाका लागि संचार माध्यमहरु संग प्रस्ताव गरेका थिए।
नगरपालिकाको सामुदायिक बन क्षेत्र ,सार्वजनिक जग्गा नजिक र सार्वजनिक सम्पत्ति अपचलन गर्ने सम्भावना भएका स्थान छनौट गर्दै बालुवा,माटो र अन्य सम्पत्ति दुरुपयोगका वारेमा समाचार लेख्दा धम्कि आउँदा पनि स्थानीय सरकारको कुनै धारणा नआउनु दुखद रहेको भन्ने पत्रकार केशवराज पाठकको टिप्पणीमा नगर प्रमुख खरेलले त्यस्तो घटना हुनु दुखद रहेको प्रतिक्रिया दिएका थिए।
स्थानीय संचार माध्यमका तर्फ बाट ज्ञापन पत्र बुझाइएको सो अवसरमा स्थानीय पत्रकार सबिन पन्तले सार्वजनिक हित र सरोकारका विषयमा संचार माध्यमहरु एकमत रहेको बताउदै नगरपालिकाका कतिपय जनप्रतिनिधिहरु दृश्य अदृश्य प्रभाव ,दवाव ,प्रलोभन,नातावाद र अनावस्यक शक्ति प्रदर्शनवादको रोगले पिडित हुने सम्भावना देखिएकोले सो रोक्न नगरप्रमुखले देखिने,बुझिने र परिणाम दिने एक्सन चाल्नुपर्ने सुझाव दिएका थिए।

