Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
डा.कमल राज धिताल/छाला तथा यौन रोग बिशेसज्ञ


लुतो भनेको अत्यन्तै चिलाउने एक प्रकारको छालाको बिमारी हो जुन सार्कोपटेस स्काबी (sarcoptes scabiei) नामक किटाणुको संक्रमणले हुन्छ | अध्ययन हरु अनुसार संसार मा करीब ३० करोड मानिस लाइ हरेक बर्ष लुतो हुने गर्छ यस लाइ अंग्रेजी मा स्केबिज (scabies) भनिन्छ |
लक्षण हरु कस्तो हुन्छ?
लुतो को मुख्य लक्षण शरीरको विभिन्न भाग चिलाउनू हो | शरीरका बिभीन् भागमा स साना राता राता बिबिरा जस्तो घाउ हरु वा पानि भरिएको जस्तो साना साना फोका हरु वा साना साना गाठा हरु आउछ | यस्ता घाउ धेरै कनाएर पाक्ने सम्भावना हुन्छ |
यस्ता घाउहरु सामान्यतया निम्न ठाउहरु देखिन्छ
औलाको कापाहरुमा,
हातमा र काखिमा,
पेटमा बिशेसगरि नाइटोको वरिपरी,
तिघ्रामा वा खुट्टामा,
पुरुषहरुलाई लिंगमा र महिला हरुलाई स्तनमा,
बच्चाहरुलाई बिशेसगरी अनुहारमा र हत्केला र खुट्टा मा आउने गर्छ |
बृद्ध हरुलाई ढाड मा मसिनो दाना हरु मात्र पनि आउने सक्छ |
क्रस्टएड लुतो (crusted scabies) – शरीरको रोग संग लड्ने क्षमता कम भएका मानिसहरुलाई (immunocompromised patients) एस्तो प्रकारको लुतो देखिन्छ |यो अलि गम्भीर प्रकृतिको लुतो हो | यसमा लुतो को घाउ नचिलाउन पनि सक्छ वा एकदम कम चिलाउने हुन् सक्छ | यो समस्यामा छाला मा एलर्जी जस्तो बाक्लो कत्ला आउने घाउ हरु देखिन सक्छ भने नङ बाक्लो हुने वा बिग्रिने हुन् सक्छ |
लुतो लागेको कति दिन पछी समस्या देखिन थाल्छ??
यदी पहिलो पटक लुतो भयको छ भने लुतो को किटाणु सरेको ४ देखि ६ हफ्ता पछी लक्षण देखिन थाल्छ भने पहिले नै भै सकेको छ भने केहि दिन मा लक्षण देखिन थाल्छ |
लुतो कसरी सर्छ??
लुतो लागेको मान्छे को छाला बाट अर्को मान्छे को छाला मा यो सिधै सर्छ | तर सामान्यतया हात मिलाउदा सर्दैन र यो लुगा वा तन्ना वा पानी वा स्विम्मिंग पुल बाट सर्ने सम्भावना कम हुन्छ |
मैले मात्रै उपचार गरे पुग्छ कि अरुले पनि गर्नु पर्छ?
घरमा सबै जनाको उपचार गर्दा राम्रो हुन्छ भने आफु संग बस्ने अरु कोही छ भने उसको पनि उपचार गर्नु पर्छ |
कती समय मा यो पुरै निको हुन्छ ?
पूर्ण रुपमा लुतो निको हुन सामान्यतया करिब ३ देखि ४ हप्ता लाग्छ |
उपचार कसरि गर्न सकिन्छ?
लुतोको उपचार सुरुवाती अवस्थामा निकै सहज र सरल छ| लगाउने औषधी गामा बेन्जिन हेक्जा क्लोराइड (gamma benzene hexa chloride) वा पर्मेथ्रिन (permethrin) को प्रयोगले यो पूर्ण रुपमा निको हुन्छ | औषधि राती सुत्ने बेलामा लगायर सुत्ने र भोलि बिहान राम्रो संग नुहाउने र लुगा हरु सबै धुनु पर्दछ र लगाउने औषधि १ हप्ता पछि फेरी लगाउनु पर्ने हुन्छ | खाने औषधि आइवार्मेक्तिने (ivermectin) पाइन्छ |यो पनि हप्ता मा एकपटक दुइ हप्ता खानु पर्दछ | घरमा सबै जनाको उपचार गर्नु पर्दछ |

