Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
– हिक्मत डंगोल
अहिले समाज छिटो–छिटो परिवर्तन भैरहेकोले सबैतीर तनाब छ । पारिवारिक तनाव, अत्याधिक थकान, दुःख, शोक, बिछोडको पीडा, आकर्षक, व्यापारिक तनाव, अनुचित योन सम्बन्ध, शारिरिक बिरामी, सम्भोग पूर्व स्खलन र यौनिक असन्तुस्तीका कारण मन सधैँ आशांकित र भ्रमित हुने गर्दछ । तपाईको पत्नी शयनकक्षमा मौन आमन्त्रण गरिरहेकी हुन्छिन् । तपाई यो सुनौलो मौका गुमाउन चाहनु हुन्न । तर दिउँसो अफिसमा बोशसँग सानो कुरामा भनाभन भएकोले आफ्नो बोसले नराम्रो हप्काएको बारेमा सोचेर मन दिक्कलाग्दो र खिन्नता महसुस हुन्छ । यसको साथै बच्चाहरुको स्कूलको शुल्क समयमै तिर्न नसकेको, आमा र पत्नीको झगडा व्यापारमा घाटा भएको यस्ता अनेक बाधाले मष्तिष्कमा तनाब भरिदिन्छ ।
जसले गर्दा पत्नीसँगको यौनजीवन दुर्घटित हुन पुग्दछ । यसले तपाईको कामोतेजनामा रुकावत मात्र पैदा गर्दैन, बरु यसले कामसुखका लागि सुखद वातावरण सृर्जना गर्ने काममा बाधा पैदा गर्दछ ।
प्रसिद सेक्स थेरापिष्ट डा.जियना मिसेल भन्छिन– “तनाव नै यौनमुखका लागि ठुलो रोकावट हो । तनावले नै व्यक्तिको जीवनमा कामखुशमा धेरै नराम्रो प्रभाव पार्दछ । तनावको बेला मानसिकता बोझले भरिएको छ भने यस्तो अवस्थामा यौनसम्पर्क नगर्नु नै बेस । त्यो अवस्थामा यौनसम्पर्क गर्दा कोशिकाहरु संकुचन हुन्छ भने पुरुषको लिंग निस्क्रिय भएको हुन्छ । जसले गर्दा पत्नीले न त चरमसुख नै प्राप्त गर्दछ यो त तृप्त नै रहन्छे ।”
तनावको कारण ः
डा. जियना मिसेल भन्नुहुन्छ ः “भीड र भागदौड, चिन्ता, आत्तिनु, हतारिनु र दुःख यस्ता मनोबेगहरु हुन जसले कामक्रियामा नराम्रो असर पर्दछ । लगातार पारिवारिक तनाव, मानसिक तनाव शारीरिक तनाव सामाजिक तनाव, आर्थिक तनाव र व्यवसायिक तनावले पुरुषको सेक्स हर्मोनमा कम गरिदिन्छ । र रगतमा एड्रेनेलिन हर्माेनको स्तर बढ्न जान्छ । यही एडे«नेलिन बढ्न जाँदा रगत प्रवाहमा रोकावट गरिदिन्छ । तनावको कारण उत्तेजना केन्द्र सिथिल हुन्छ जसले गर्दा मांसपेसीहरुमा संकुचन पैदा गरिदिन्छ । लिंगको नसाहरुमा हुने रक्त प्रवाहमा कमि हुन पुग्दछ । फलस्वरुप लिंगमा कडापन आउँदैन ।
यौनशास्त्री ज्याक विथफिल्डका अनुसार पुरुषहरु यौन तनावलाई सहन सक्दैन । यो उसकोे अनौठो प्रवृति हो । यसलाई दिवास्वप्न पनि भन्न सकिन्छ । यौन सन्तसष्टिको अभावमा दुबै पति पत्नि तनावग्रस्त हुन्छन् । अतृप्त यौनकुण्ठा बाट दुबैलाई उच्च रक्तचाप र अनिन्द्रा जस्त रोगले सताउने गर्दछ । अर्काेपाटो स्त्रीहरु ढिलो रुपमा उत्तेजित हुन्छन् । कुनै बेला पति स्खलित भइसक्दा पनि पत्नीमा उत्तजना बढेको हुदैन । उसले गर्दा दाम्पत्य जीवन प्रभावित हुन पुग्दछ ।
यौनशास्त्री न्याक अगाडि भन्छन –“पति र पत्नीले षैनलाई तालमेल कायम गर्न सकिएन भने सेक्स इच्छामा कमी, हीनताबोध, जीवनदेखि निरास हुनु आदि शारीरिक लक्षणहरु देखा पर्दछ । यसले पछि डिप्रेसनमा बदलेपछि सेक्स लाइफ भताभुंग हुन थाल्दछ ।”
अर्काे यौनविद डा.टेम्पथा फ्रिल्यान्ड भन्छिन–“दुबैलाई मानसिक तानवकाट डिप्रेसनमा गए असफल यौनलाई कुनै पनि औषधिले निको पार्न सकिदैन । आफैले आफुलाई सम्हाल्न सक्नुपर्छ । तनावको सामना गर्न सिनुपर्छ । कारणहरु पत्ता लगाउनुहोस । त्यसपछि मात्र हराएको यौनलाई जगाउन सकिन्छ ।”
सेक्सलाई अनियमिता गर्नुहोस ः
यदि लामो समयसम्म पति पत्नीवीच सेक्स भएन भने थुप्रै प्रकारको रोगबाट पीडित हुन पुग्दछ । प्र्रसिद्ध अमेरिकी यौनविद डा.अल्फ्रेड सान भन्छन–“यौनलाई प्रत्येक हिनको रुपमा रुटिन बनाउनु पनि गलत हो । बढी यौन सम्पर्कले यौनमा आनन्द आउँछ । सेक्स लाइफ छिटो सकाउने क्रिया बन्द हुन्छ । सेक्सलाई सधैं अनियमित गर्नुपर्छ । २÷३ दिनसम्म लगातार सेक्स गर्नुहोस अनि त्यसपछि विश्राम गरिदिनुहोस । विश्राम पछि जाग्ने मौन आनन्द अति नै आनन्ददायक हुन्छ ।”
फाइयोसिसः
अत्याधिक एक्लोपन बेचैनी मानसिक तनाव यौनकुण्ठा चिन्ता र शोकबाट नै पुरुषलाई डिप्रेसनबाट फाइर्मोसिस हुन पुग्दछ । कुनै पुरुषलाई फाइर्माेसिस भएको छ भने उनले आफ्नो पत्नीसँग यौन सम्बन्ध बदाउन सक्दैन । फाइर्मोसिस हुँदा पुरुष्को लिंग खुम्चिएर छोटो हुन पुग्छ । यदि कुनै पुरुषले यौन सम्पर्क गर्दा उनलाई लिंगमा पीडा हुन पुग्दछ । यसमा डा.यौनविद करि सिगर भन्छन–“फाइर्माेसिस भएमा पुरुष उत्तेजित भए पनि लिंगमा पुरै रक्त संचार हुन पाउँदैन त्यसैले लिंगमा पीडा हुन थाल्छ । यस्तो समस्या उत्पन्न भएमा तुरुन्तै यौन विशेषज्ञ डाक्टरलाई देखाएर सल्लाह लिनुपर्छ । पुरुषले नियमित रुपमा लिंगको त्वचामा सरसफाई गरिरहनुपर्छ । नगरेमा दुर्गन्धित भएर इन्फेक्सन हुन जान्छ । मुत्र त्याग समस्या हुन्छ ।”
नपुुंसकताः
बैवाहिक जीवनलाई तहस–नहस पार्ने एउटा समस्या हुन नपुंसकता । विवाहपछि आफ्नो दाम्पत्य जीवनलाई सुमधुर सम्बन्ध यौन सम्बन्धी बाट नै आनन्ददायक बनाउँछ । तर उनीहरुमा सेक्स सम्बन्धी केही समस्याले गर्दा उनीहरुको दाम्पत्य जीवनमा मनमुटाप शुरु हुन्छ । जस्तै नपुंसकता पनि यस्तो समस्या हुन जसले पुरुषको आनन्ददायक जीवनलाई पूर्ण बिराम लगाउँदछ । पुरुषहरु एकपटकको सेक्स असफलताबाट आफ्नो मानसिक सन्तुलन गुमाउँछन । उनीहरु नपुंसकता भ एभनेर तनावग्रस्त जीवन बिताउँछन् । यसमा यौन विशेषज्ञ डा.जोनसन वासिङरन भन्छन ः“यौन शक्तिको कमि जुनसुकै उमेरमा पनि हुनसक्छ । तर यसमा तुरुन्तै डराई हाल्नु पर्दैन । नपुंसकता हटाउने अनेक उपायहरु छन । जसलाई अपनाएर यौन आनन्द लिन सकिन्छ । यो कुनै शारीरिक विकृति हैन । नपुंसकताको धेरै कारणहरु छनः– जस्तै, यौनअंगमा गडबडी वीर्यमा शुक्राणुहरुको अभाव र पूर्ण उत्तेजित नहुनु आदिका कारण पुरुषमा नपुंसकताको समस्या उत्पन्न हुन्छ ।
अर्काे यौनविद ढा मेन्डालिन वाल्कर भन्छिन ः“ तनाव, मानसिक थकाई, धुम्रपान, मद्यपान र स्नायु तन्त्रमा गडवडी तथा हर्मोनिको असन्तुलनका कारण लिंगमा उत्थान हुदैन । जसले गर्दा कुनै पुरुषले राम्ररी यौन सम्पर्क गर्न सक्दैन । यसै गरी वीर्यमा पनि शुक्राणुहरुको अभाव भयो भने पनि सन्तान अत्पादन गर्न सक्षम हुदैन । यमा विभिन्न जाँचहरु गरी नपुंकिताको कारण पत्ता लगाएर मात्र उपचार गरिन्छ । यसमा प्रथम त मानसिक उपचार गरिन्छ भने दोस्रोमा सही जानकारी दिएर मात्र समस्या समाधान गर्छन ।”
स्रोत ः “द नेशनल इस्टिच्युट अफ हेल्थ”

