• TOKHA LIVE

    • २५ कार्तिक २०७७, मंगलवार ०८:०५

    चुनाव हारेपछि ट्रम्पद्वारा रक्षामन्त्री बर्खास्त

    २०७७ कार्तिक २५ गते

    वाशिङ्टन डीसी (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क इस्परलाई बर्खास्त गरेका छन्। यही नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले बर्खास्तका गरेका इस्पेर पहिलो उच्च अधिकारी हुन्।

    बाइडेनसँग पराजित भएपछि ट्रम्पले अझसम्म हार स्वीकार भने गरेका छैनन्। यहीबीचमा तत्काल लागू हुने गरी रक्षामन्त्री इस्परलाई बर्खास्त गरिएको ट्रम्पले ट्वीटरमार्फत जानकारी दिएका हुन्।

    पछिल्ला दिनहरुमा इस्पर र ट्रम्पबीच विवाद बढेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। यसअघि इस्परले राजीनामा दिने तयारीसमेत गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। इस्परसँगै ट्रम्पले प्रतिआतंकवादी ईकाईमा निर्देशक क्रिष्फोर मिलरलाई पनि बर्खास्त गरेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै