• TOKHA LIVE

      TOKHA LIVE

    • ८ फाल्गुन २०७९, सोमबार २१:१६

    प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता

    टोखालाइभ डट कम/फाल्गुण ८,२०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल आज सोमबार पोखराबाट काठमाडौँ आउनु भएलगत्तै सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुबै नेताबीच भेटवार्ता भएको हो ।यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताबीच भेटवार्ता बाक्लिएको छ । उहाँहरूबीच करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ ।  प्रधानमन्त्री दाहाल नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुग्नुभएको थियो ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै