• TOKHA LIVE

    • १३ कार्तिक २०८२, बुधबार ११:४६

    टोखामा एमालेको सक्रियता देख्दा म गौरव महसुस गर्छु : अध्यक्ष ओली

     

    काठमाडौं, कात्तिक १२, २०८२।

    नेकपा (एमाले) टोखा नगर कमिटीले पार्टी अध्यक्ष पुर्व प्रधानमन्त्री  केपी शर्मा ओलीसँग भेटघाट गरी हालको राजनीतिक स्थिति, जेनेजी आन्दोलनपछि उत्पन्न संकट र टोखामा हालै भएका आगजनी घटनाबारे विस्तृत छलफल गरेको छ।

    नगर कमिटीका अध्यक्ष गोपी पाठकका अनुसार, मुलुकको जटिल र संवेदनशील राजनीतिक अवस्थाबीच पनि टोखा नगर कमिटीले संगठन सुदृढीकरण र जनमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। उहाँले पार्टी र जनताप्रतिको उत्तरदायित्वमा दृढ रहँदै, कुनै पनि परिस्थितिमा नगर कमिटी विचलित नहुने स्पष्ट धारणा व्यक्त गर्नुभयो।

    भेटमा बागमती प्रदेश कमिटीका सदस्य तथा टोखा नगर प्रमुख प्रकाश अधिकारी, जिल्ला, क्षेत्रीय र टोलस्तरका प्रतिनिधिहरू गरी ७१ जना सहभागी थिए।

    अध्यक्ष ओलीले टाेखा नगर कमिटीको सक्रियता, अनुशासन र संगठनप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै कार्यकर्ताहरूलाई जनताको पक्षमा अडिग रहँदै अघि बढ्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “म बाँचुन्जेल मैले सकुन्जेल इमानदारीका साथ, दृढताका साथ सधैं नेपाली जनताको सेवामा रहनेछु। मबाट कहिल्यै बेइमानी हुनेछैन, यसमा सबैजना ढुक्क रहनुहोस्।”

    कार्यक्रममा जेनेजी आन्दोलनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    भेटघाट कार्यक्रम टोखाको गुण्डुमा सम्पन्न भएको थियो। कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी राजनीतिक योजना तथा जनसंपर्क विस्तारका विषयमा समेत व्यापक छलफल गरिएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै