• TOKHA LIVE

    • २४ कार्तिक २०७७, सोमबार ०९:००

    जनवरी २० सम्म डोनाल्ड ट्रम्प नै राष्ट्रपति, विगतका ४ वर्षको अवधिमा ट्रम्पले के गरे ?

    कार्तिक २४, २०७७

    वासिंटन डीसी ।अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् । जो बाइडेनले चुनाव जितेपनि डोनाल्ड ट्रम्प जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति रहनेछन् ।

    जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन । त्यसैले उनले राष्ट्रपतिको हैसियतमा विगतमा जे जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।

    राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ती गर्न पाउने अधिकारसम्म राख्छन् । यो अवधिमा ट्रम्पलाई खर्च विधेयक अगाडि बढाउनेदेखि संघीय अदालतहरुमा नियुक्ती गर्न पाउने सम्मको अधिकार रहेको छ । उनले यो अवधिमा विभिन्न व्यक्तिलाई क्षमादान दिनसक्ने जनाइएको छ ।

    उनले आफ्ना परिवारका सदस्यहरुदेखि उनका साथमा काम गरेका अन्य व्यक्तिसम्मलाई क्षमादान दिनसक्छन् । उनले आफ्ना प्रमुख रणनीतिकार स्टीभ ब्याननदेखि व्यक्तिगत वकिल रुडी जुलियानीसम्मलाई क्षमादान दिनसक्ने अनुमान गरिएको छ । ट्रम्पले आफ्ना रेकर्डहरु नष्ट गर्ने, कैयन अधिकारीहरुलाई निस्काशन गर्ने र संघीय कर्मचारीतन्त्रलाई कमजोर पार्न प्रयास गर्ने कतिपय विज्ञहरुको अनुमान छ ।

    यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

    यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै