Trending now
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने
२०८३ कार्तिक १३, शुक्रवार
टोखा लाइभ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोनाका बिरामीसँग धरौटी नलिन उपचार गर्न निर्देशन दिएको छ ।
आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पताललाई उक्त निर्देशन दिएका हुन् ।
धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको उनले जानकारी दिए।
उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग नि:शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए।
सरकारले कोरोना संक्रमितको स:शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ।

